मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • आईसोलेसनमा पिपिइ सेट छैन, स्वास्थ्यकर्मी भन्छन जाेखीमा उपचार कसरी गर्ने

आईसोलेसनमा पिपिइ सेट छैन, स्वास्थ्यकर्मी भन्छन जाेखीमा उपचार कसरी गर्ने

  • बिहिबार, चैत्र १३, २०७६
आईसोलेसनमा पिपिइ सेट छैन, स्वास्थ्यकर्मी भन्छन जाेखीमा उपचार कसरी गर्ने
तस्वीर- जिल्ला समन्वयकाे सभाहलमा आइसाेलेसन कक्ष स्थापना गर्दै कामदार

बाजुरा १३ चैत्र- बाजुरा जिल्लामा कोराना भाईरस (कोबिड १९) का बिरामीहरु राख्नका लागी स्थापना गरिएका आइसोलेशन पिपिइ नभएको पाईएको छ । बाजुरा जिल्लाका पूर्वी उत्तरी क्षेत्रका चार ओटा स्थानिय तहका सम्भाबित सक्रमीतहरुलाई राख्न स्थापना गरिएको कोल्टि प्राथामीक स्वास्थ्य केन्द्रमा पिपिई नभएको स्वास्थ्य कर्मीले बताएका छन् ।
आईसोलेसना कक्ष भनेको सम्भाबित संक्रमितलाई राख्नु छुट्टै कोठा हो । छुटै कोठा त छुट्याएका छौ । तर उपचारमा स‌लग्न स्वास्थयकर्मीका लागी प्रयोग गरिने उपकरण कनै पनि नभएको बुढीनन्दा नगरपालिका सहायक निमित्त स्स्वास्थ्य संयोजक ओमजंग शाहीले जनकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयसंग माग गरेको तर स्वास्थ्य कार्यालयले प्रदेश र सघमा माग गरेको भनिराखेको खबर छ । पूर्ब तयारीको सामग्रीनै नभएपछि उपचारको लागी स्वास्थ्यकर्मी पनि जोखिममा हुने शाहीले बताए । प्रदेश कार्यालयले आज भर्खर उपकरण खरिदको लागी सूचना निकालेको छ । कहिले खरिद भएर आउने हो अत्तोपत्तो नै छैन उनले भने ।
जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्माले कोल्टिमा के छ जानकारी छैन जिल्ला अस्पतालमा आईसोलेसन कक्ष तयारी अवस्थामा र उपकरण पनि तयारी अवस्थामा राखिएको बताए । अस्पतालमा दुईबेडको तायारी अवस्थामा रहेको उनले बताए । आबश्यकताका आधारमा थप गर्ने तयारी पनि भईरहको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्यौपानेका अनुसार कोल्टिमा आईसोलेसन कक्ष स्थापना गरिएको छ । उपकरण नभएको सुईकारेका छन् । उपकरणको लागी धेरै ठाउमा खबर भईरहेको छ । भेटाएका छैनौ बाजुरामा मात्र अभाब नभएर देशै भरि अभाब रहेको न्यौपानेले बताए । जिल्ला अस्पतालमा सबै तयारीका साथ आईसोलेसन स्थापना भएको उनले बताए ।
जिल्ला समन्वय समितिको सभा हललाई पहिले क्वारेन्टाईन बनाउने निर्णय थियो अव आईसोलेसन अस्पतालको रुपमा नै बनाउन लागिएको न्यौानेले बताए । सेटिङ हुदैछ । १५ देखी २० बेडसम्मको अस्पताल बन्ने बताए ।

चर्चामा

सम्बन्धित समाचार