बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • इटलीमा कोरोनाले एकैदिन ७४३ जनाको मृत्यु

इटलीमा कोरोनाले एकैदिन ७४३ जनाको मृत्यु

  • बुधबार, चैत्र १२, २०७६
इटलीमा कोरोनाले एकैदिन ७४३ जनाको मृत्यु

काठमाडौं । कोरोनाभाइरसका कारण इटलीमा मंगलबारमात्रै ७४३ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार सोमबारभन्दा मंगलबार १४१ जना बढीको मृत्यु भएको छ । इटलीमा कोरानोले अहिलेसम्म ६ हजार ८२० जनाको मृत्यु भएको छ ।

शनिबार ७९३ जनाको मृत्यु भएको थियो भने आइतबार ६५१ जना, सोमबार ६०२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । अहिले विश्वमा सबैभन्दा बढी इटलीमा नै कोरोनाले असर गरेको छ । संक्रमण रोक्नका लागि लामो समय लकडाउन गरिएको भए पनि महामारी नियन्त्रणमा आएको छैन ।

चर्चामा

सम्बन्धित समाचार