शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • कोरोना संक्रमित गायिका कनिका कपुरमाथि खनिए अशोक

कोरोना संक्रमित गायिका कनिका कपुरमाथि खनिए अशोक

  • आइतवार, चैत्र ९, २०७६
कोरोना संक्रमित गायिका कनिका कपुरमाथि खनिए अशोक

एजेन्सी — यतिबेला भारतीय फिल्म तथा टेलिभिजन निर्देशक एशोसियनका अध्यक्ष अशोक पण्डित गायिका कनिका कपूरमाथि खनिएका छन् । कनिका गैरजिम्मेवार हुँदा धेरै मानिस कोरोनाको खतरामा रहेको भन्दै उनी आक्रोशित भएका हुन् ।

कनिकाले शुक्रबार आफू कोरोना संक्रमित रहेको बताएकी थिइन् । अशोकका अनुसार यस अवधिमा कनिकाले विमानस्थलका कर्मचारीसँग आफ्नो ‘ट्राभल हिस्ट्री’ लुकाउनेदेखि सयौं मानिस भेला भएको पार्टीमा सहभागी हुनेसम्मका हर्कत गरेकी छिन् ।

‘कोरोना संक्रमण लुकाउन तिमीलाई लाज लाग्नुपर्ने हो कनिका कपूर । तिमी लण्डनबाट फर्किएपछि पाँचतारे होटलमा भएको पार्टी जोइन ग¥यौं र यसक्रममा झन्डै १ सय मानिससँग सम्पर्कमा आयौं । अब तिमीमा संक्रमण देखियो, यसको अर्थ तिमीले अरुको जीवन पनि खतरामा पारिदिएकी छौ,’ अशोकले ट्वीटरमा लेखेका छन् ।

Ashoke Pandit

@ashokepandit
Shame on U @TheKanikakapoor
for being irresponsible by hiding ur details from the authorities, after U returned from #London & joining a party at a 5 star hotel, coming into contact with nearly 100 ppl.
Now that U hv tested #CoronaVirus +ve, U hv put others’ life also in danger.

8,036
1:46 PM – Mar 20, 2020
Twitter Ads info and privacy
2,294 people are talking about this
यसअघि कनिकाले इन्स्टाग्राममा पोस्ट गर्दै आफू कोरोना संक्रमित रहेको बताएकी थिइन् ।

‘हेल्लो एभ्रिवान । पछिल्ला चार दिनमा मलाई फ्लुको लक्षण देखियो र मैले आफै जँचाएपछि कोभिड–१९ भएको पुष्टि भयो । म र मेरो परिवार अहिले पूर्ण क्वारेन्टाइनमा छौं र चिकित्सकको सल्लाह मानिरहेका छौं । मैले मसँग टच गरेका व्यक्तिहरुलाई सम्पर्क गर्ने कोसिस गरिरहेको छु । १० दिनअघि एयरपोर्टमा स्क्यान गर्दा मेरो अवस्था सामान्य थियो र केवल ४ दिनदेखि यो लक्षण देखिएको हो,’ उनले लेखेकी छिन् ।

चर्चामा

सम्बन्धित समाचार