शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • रक्तस्रावका कारण सुत्केरीको मृत्यु

रक्तस्रावका कारण सुत्केरीको मृत्यु

  • बिहिबार, चैत्र ६, २०७६
रक्तस्रावका कारण सुत्केरीको मृत्यु

जिल्लाकाे नलगाड नगरपालिका–१२ औलगुत्ता स्वास्थ्य चौकीमा सुत्केरी भएकी रुकुम पश्चिम आठबीसकोट नगरपालिका–६ दामाचौरकी २७ वर्षीया विष्णु विकको मृत्यु भएको छ ।

मंगलबार बेलुकी सुत्केरी भएकी विकको अत्यधिक रक्तस्रावका कारण बुधबार बिहान मृत्यु भएको उनका श्रीमान् रविलाल विकले जानकारी दिए ।

सुत्केरी भएदेखि निरन्तर रगत बगिरहे पनि प्रभावकारी उपचार नहुँदा मृत्यु भएको रविलालले बताए । स्वास्थ्य संस्थामा एकजना मात्र अनमी उपचारमा खटिएका कारण प्रभावकारी उपचार नभएको पीडितको आरोप छ । शिशुको अवस्थ समान्य रहेको छ । विकदम्पतीका यसअघि तीन छोरा छन् ।

चर्चामा

सम्बन्धित समाचार