बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • ७४ घुमुवा प्रहरीलाई जिम्मेवारीबाट मुक्त गर्दै सशस्त्र प्रहरी गण महाराजगन्जमा सरुवा

७४ घुमुवा प्रहरीलाई जिम्मेवारीबाट मुक्त गर्दै सशस्त्र प्रहरी गण महाराजगन्जमा सरुवा

  • आइतवार, चैत्र २, २०७६
७४ घुमुवा प्रहरीलाई जिम्मेवारीबाट मुक्त गर्दै सशस्त्र प्रहरी गण महाराजगन्जमा सरुवा

घुमुवाका रुपमा काम गर्दै आएका ७४ जना प्रहरी जवानदेखि अधिकृतसम्मलाई महानगरीय प्रहरी कार्यालयले जिम्मेवारीबाट मुक्त गर्दै सशस्त्र प्रहरी गण महाराजगन्जमा सरुवा गरिदिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरलगायतका मातहतका कार्यालयमा कार्यरत घुमुवाहरुलाई एकैपटक हटाएर उनीहरुलाई गणमा पठाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

उनीहरुलाई जिम्मेवारीबाट हटाएर एकहप्ते आचरण सुधारका लागि महानगरीय प्रहरी शिक्षालय महारागन्जमा पठाइएको समेत उनले जानकारी दिए ।

सादा पोसाकमा खटिने प्रहरी अधिकृत तथा जवानहरुलाई कार्यालयले अब प्रतिबन्धित समूहको गतिविधि नियन्त्रण तथा जघन्य अपराधको सुराकीका लागि मात्रै परिचालन गर्ने लक्ष्य लिएको उनले जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

चर्चामा

सम्बन्धित समाचार