शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • बाजुराका १८ हजार बालवालिकालाई दादुरा–रुबेला बिरुद्धकाे खोप लगाईने

बाजुराका १८ हजार बालवालिकालाई दादुरा–रुबेला बिरुद्धकाे खोप लगाईने

  • सोमवार, फाल्गुन १२, २०७६
बाजुराका १८ हजार बालवालिकालाई दादुरा–रुबेला बिरुद्धकाे खोप लगाईने

बाजुरामा जिल्लामा टोल टोलमा पुगेर दादुरा–रुबेला बिरुद्धकाे खोप लगाईने भएको छ । दादुरा–रुबेला राष्ट्रिय खोप अभियान अन्तर्गत बाजुराका १८ हजार २ सय ६ बालवालिकालाई खोप लगाईने भएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख तथा बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले वताएका छन् ।
दादुरा–रुबेला रोगलाई उन्मुलन पार्नका लागि देशभरी सँगै बाजुरामा पनि चैत १ गते देखी पुरै महिना भरी खोप अभियान चल्ने भएको छ । जन्मेको ९ महिना देखी ५ बर्ष सम्म सम्पुर्ण बालवालिकालाई खोप लगाउने उद्देश्यका साथ अभियान चल्ने स्वास्थ्य कार्यलय बाजुराका अशोक सिंहले वताएका छन् ।
चैत १ गते दादुरा–रुबेला बिरुद्धको खोप अभियानका लागि पुर्वतयारी भइरहेको छ । प्रत्येक स्वास्थ्य संस्था बाट स्वास्थ्यकर्मी बोलाएर योजना र छलफल चलाइरहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । अभियान सफल पार्नका लागि स्थानिय सरकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाले सहयोग गरिरहेका छन् । युनिसेफले पनि यसमा सहयोग गरिरहेको छ, बाजुरामा स्वास्थ्यकर्मीलाई खोप लगाउने र ब्यबस्थापन सहयोग गरिरहेको युनिसेफमा कार्यरत सिता सुनारले वताएकी छन् ।
सकेसम्म सतप्रतिशत बालवालिकालाई खोप पुयाउने लक्ष्य रहेको छ, राष्ट्रिय लक्ष्य अनुसार ९५ प्रतिशत बालवालिकाले खोप पुयाउने रहेको कार्यलय प्रमुख दयाकृष्ण पन्तले वताए । सबै बालवालिकालाई खोप पुयाउनका लागि तयारी भइरहेको उनले थपे । केही दुर्गम ठाँउमा खोप पुयाउन अलि समस्या रहेको छ, त्यहाँ फ्रिजको ब्यबस्थापन गर्न अलि समस्या रहेको त्यसलाई पनि ब्यबस्थापन भइरहेको कार्यलयले वताएको छ ।
सरकारले दादुरा–रुबेला रोगको बिरुद्ध प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्न नियमित गरिरहेको छ । तर सरकारको लक्ष्य अनुसार ९५ प्रतिशत बालवालिका खोप कभरेस नभएपछि सरकारले यो अभियान चलाएको हो । दादुरा–रुबेला खोप अभियान २०७६।७७ मार्फत अभियान चलाएको छ ।

चर्चामा

सम्बन्धित समाचार