शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • छाउपडी मान्नेलाई सरकारी सेवा सुबिधा रोक

छाउपडी मान्नेलाई सरकारी सेवा सुबिधा रोक

  • आइतवार, फाल्गुन ११, २०७६
छाउपडी मान्नेलाई सरकारी सेवा सुबिधा रोक

बाजुरामा छाउपडि प्रथामा मान्नेलाई सरकारी सेवा सुबिधा बाट रोक लगाउने निर्णय भएका छन् । बाजुराका ९ वटै स्थानिय तह र सरकारी कार्यलयले यो निर्णय गरेका हुन् । सदरमुकाम मार्तडी रहेका सरकारी कार्यलय र स्थानिय तहमा रहेका सबैमा यस्तो निर्देशन गरेर कार्यन्वयन शुरु गरेको प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौउपाने वताए । छाउपडि गोठ र राख्ने प्रथा मान्नेलाई कुनै पनि सेवा सुबिधा नदिने गरिएको न्यौउपानेले वताए । केहीलाई सेवा रोकपछि छाउगोठ समेत भत्काएका छन् ।
बुढिन्नदा नगरपालिका २०७५ साल ९ पाण्डुसेनमा पौाष २४ गते छाउगोठमा अम्मा बोहारा सहित उनका दुई छोराको मृत्यु भयो । उनको मृत्यु भएपछि बुढिनन्दा नगरपालिमा गाँउका महिलाहरुले ज्यानमारा छाउगोठ भन्दै भत्काउन थाले । अर्को नगरपालिको सेवा सुबिधा बाट रोक लगाएको नगरपालिका उपप्रमुख सृष्टि रेग्मिले वताएका छन् । पहिला धेरै प्रयास गरयौ, गोठ भत्काउनका लागि तर देउता रिसाउछन, भनेर घरमै देउताकाको धामि भनेर टारदै आएका थिए । अहिले भने गोठ भत्काउनु सँगै छाउकुप्रथाका बारेमा चेतना फैलाउने गरेका छन् । अर्को नगरपालिका बाट सबै सरकारी सेवा बाट बञ्चित गरेको नगरपालिकाले जनाएको छ ।
बुढिनन्दा नगरपालिकाले छाँउ गोठमा बस्ने र बस्न बाध्य पार्नेलाई सरकारी सेवा सुबिधा बाट बञ्चित गर्ने निर्णय गरेपछि पनि आफुहरुलाई गोठ भत्काएको गंगा रोकाया वताईन् । बुढिनन्दा नगरपालिकामा छाँउगोठमा तिन जनाको ज्यान गइसकेपछि नगरपालिकाले १ बर्ष देखी थप शसक्क्त ढङगले छाँउगोठ मुक्त बनाउने अभियान चालेको थियो । बिगतका जनचेतना मुलक कार्यक्रमलाई निरन्तरता दिदै बाध्यात्मक निति निर्माण गरिएको थियो । नगरपालिकाले निर्णय गरे पश्चाप स्थानिय महिलाहरुले आफै गोठ भत्काउने अभियान सञ्चालन गरेका छन् ।
बुढिन्नदा नगरपालिका ९ पाण्डुसेन कि धौली धामिले आफ्नै छाउगोठ भत्काईन् । उनका श्रीमान गोपि धामि देउताका धामि हुन् । पटक पटक धौलीले छाउगोठ भत्काउन प्रयास गरदै आईन्, अन्तमा आएर उनि सफल भएको बताँउछन् । श्रीमानको सहयोगमा आफुले छाउगोठ भत्काएको बताईन् ।
गौमुल गाँउपालिका अध्यक्ष हरि बहादुर रोकायाले भने प्रत्येक घर घरमा पुगेर छाउप्रथा मान्यको तथ्याङ्क संकलन गरेका छौ, गोठ त एउटा पनि भेटाएनौ तर प्रथा मान्य केहीलाई भने सेवा सुबिधा बाट रोक्न शुरु गरेको वताए । गाँउपालिकाले दिने सबै सेवा सुबिधा बाट रोकेपछि छाउपडि प्रथा न्युनिकरणमा गएको रोकायाले वताए । निति सँगै धामिझाक्री, पुरोहितहरु बढि छाउप्रथा मान्न भएकाले उहाँहरुलाई स्थानिय तहमा अन्तक्र्रिया कार्यक्रम र प्रथा उन्मुलन गर्ने धामि झाक्री सम्मान कार्यक्रम भइरहेका छन् । किशोरीहरुलाई जनचेतना मुलक तथा सेनेटरी प्याड बनाउने तालिम समेत भइरहेका छन् ।
महिनावारी भएको समयमा अबिवाहित महिलाले ७ दिन सम्म र बिवाहित महिलाले ५ दिन सम्म छाउपडि गोठमा बस्नु पर्ने बाध्यता रहेको छ । महिनावारीको समयमा निकै सास्ती व्यहोर्नु पर्छ । महिलाहरुले महिनावारी भएको ५ देखी ७ दिन समय सम्म घर बाहिर अलग्गै बस्नु, सार्वजनिक पानी पधेरा प्रयोग गर्न नपाउनु, गोरसपात खान नपाउनु, फलफुल जन्य वनस्पति छोएमा कडा हप्की सहनु पर्ने, अनि संयोगले कसैको शरिरमा छोइएपनि दुर्वाच्य सुन्नु पर्ने लगाएत महिनावारी हुदाको समयका पीडा रहेका छन् । त्यो सँग सँगै देबि देबता रिसाउने भन्ने कुप्रथा मान्यताले पनि घरमा बस्न सक्दैनन् ।
सर्वोच्च अदालतले २०६२ सालमा बैशाख १९ गते छाउपडि प्रथालाई कुरीति घोषणा समेत गरेको थियो । सरकारको निर्देशन पछि २०६४ सालमा कुरिति घोषणा गरेर छाउपडि प्रथा उन्मुलन सम्बन्धि निर्दे्शिका २०६४ समेत जारी गरेको थियो । छाउपडी प्रथालाई पहिलो पटक फौजदारी अपराधको संज्ञासहित ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ पारित भएको छ । विशेषगरी नेपालको सुदूरपश्चिमका केही जिल्लामा महिनावारी भएका बखत् महिलाले घरभित्र बस्न नपाउने र गाई, भैँसीको गोठ वा छाउगोठमा अलग्गै बस्नुपर्ने कुसंस्कारलाई विधेयकले दण्डनीय मानेको छ । त्यस्तो कार्यमा बाध्य गराउनेलाई तीन महिनाको कैद र जरिवानाको व्यवस्था विधेयकमा गरिएको छ । तर अहिले सम्म कसैलाई पनि छाउगोठमा राखेको भन्दै बाजुरामा एक जनालाई पनि कार्यवाहि गरिएको छैन् अर्को उजुरी सम्म परेको सुनिन आएको छैन् ।

चर्चामा

सम्बन्धित समाचार