शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • भारतले दार्चुलामा सडक खनेको भन्दै बाजुराका बन्दीहरुले जेलभित्रै नाराजुलुस

भारतले दार्चुलामा सडक खनेको भन्दै बाजुराका बन्दीहरुले जेलभित्रै नाराजुलुस

  • आइतवार, फाल्गुन ४, २०७६
भारतले  दार्चुलामा सडक खनेको भन्दै बाजुराका बन्दीहरुले जेलभित्रै नाराजुलुस
बाजुरामा कारागारमा रहेका बन्दिहरुले बैदेशिक हस्तक्षेप बिरुद्द जेलभित्रै नारा जुलुस गरेका छन् । आइतबार बिहान ७ बजे जेलभित्रका सबै ५१ जना बन्दिहरु एकभएर नारा जुलुस गरेका हुन् । भारतीय बिस्तारबाद मुर्दाबाद, अमेरिकी साम्राज्यबाद एमसीसी मुर्दाबाद, दलाल संसदीय ब्यबस्था मुर्दाबाद, नेपाल कम्युनिष्ट पार्टी जिन्दाबाद, एकीकृत जनक्रान्ति जिन्दाबाद, भारतद्वारा महाकालीवारि दार्चुलामा गरिरहेको सडक कटिङ्ग बन्द गर, केपी सरकार मुर्दाबाद, बैज्ञानिक समाजबाद जिन्दाबाद, महान सहिदहरु लाल सलाम जस्ता नाराहरु बन्दीहरुले लगाएका थिए ।

नारा जुलुसपछि कोण सभा गर्दै नेकपाका केन्द्रिय नेता आदर्शले सम्बोधन गरेका थिए । उनले बैदेशिक हस्तक्षेपको बिरुद्द सारा नेपालीहरु जुट्नुपर्ने बेला आएको बताए । हाम्रो भुमि लुपुलेख, कालापानी, लिम्पियाधुरा, दार्चुलावारि सडक खानिरह्को र देशका विभिन्न भागमा भारतीयद्वारा अतिक्रमण भैरहदा दलाल केपी सरकार लाजपचाएर चुपचाप बसिरहेकोले आस्थाका बन्दीहरुले जेलभित्रबाट राष्ट्रिय स्वाधिनताका आवाजहरु बुलन्द गर्नु परेको आदर्शले बताएका थिए ।

महाकालीवारि दार्चुलामा केहि दिन देखि भारतीयहरुले एकपक्षीय ढंगले सडक खनिरहेको छ । उक्त बिषय हाम्रो राष्ट्रियतामाथिको ठाडो हस्तक्षेप भएको भन्दै आदर्शले जेलभित्रै नेपाली सासकहरु प्रति आक्रोस पोखेका थिए । गृहमन्त्रालय मार्फत दलाल सरकारलाई ध्यानाकार्षण गराएको बन्दीहरुले बताए । बाहिर जस्तो सुकै देखाएपनि केपी सरकार दलाल भएरै बैदेशिक हस्तक्षेप बढेको उनीहरुको दाबि थियो।राष्ट्रियताको रक्षार्थ भन्दै जेलभित्र रहेका सबै ५१ जना बन्दीहरुले बिरोध सहितको नारा जुलुसलाई एक्याबद्द्ता जनाएका थिए ।

चर्चामा

सम्बन्धित समाचार