बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • असाहय परिवारलाई सहयोग हस्तान्तरण

असाहय परिवारलाई सहयोग हस्तान्तरण

  • बुधबार, माघ २९, २०७६
असाहय परिवारलाई सहयोग हस्तान्तरण

बडीमालिका मिडिया हाउसले आफ्नो प्रथम बार्षिकोत्सवको अवसरमा असाहय परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ । सहयोग हस्तान्तरणका लागि सामाजिक अभियान्ता बसुधा गुरुङ्गले १० हजार र दक्षिण कोरीया बाट प्रभाब शाहि (प्रेम) ले १० हजार सहयोग गरेका थिए ।
सहयोग बडीमालिका नगरपालिका ६ कोर्धका २ जना अनाथ बालवालिका र बडीमालिका ९ का अतिविपन्न परिवारकि दृष्टि विहिन परिवारलाई हस्तान्तरण गरिएको थियो । बडिमालिका ६ कोर्ध बस्ने ८ वर्षिया कमल खड्का र १० वर्षिया गिता खड्कालाई न्यानो लुगा, जुता, १ कट्टा चामल, ५ केजि दाल, तेल, साबुन सहयोग गरेको छ । त्यस्तै बडीमालिका ९ का अतिविपन्न परिवारकि दृष्टि विहिन बासु खत्री र उनकी आमा किट्टि थापालाई एक एक कट्टा चामल, १० केजि दाल, तेल साबुन सहयोग बडिमालिका खबर अनलाइन सम्पादक लक्ष्मिराज पाध्ययाले वताएका छन् ।
गिता र कमलका आमा र बुवाको २०७२ सालमा मृत्यु पछि अलपत्र परेका छन् । २०७२ सालमा बुवा करन खड्काको मृत्यु भएको ५ महिनामा आमा मथुरा खडका बिरामी भएर मृत्यु भएको थियो । उपचार गर्न नसकेपछि उनेको मृत्यु भएको स्थानियले वताएका छन् । बिच्चलीमा रहेका दुबै भाइबहिनि बुढा बाजे लक्षि खडका सँग रहेका छन् । दुबै भाइबहिनि स्थानिय नेरा निमाबिमा अध्यनरत रहेका छन् । गिता कक्षा १ मा र कमल कक्षा २ मा अध्यनरत रहेका छन् । बडीमालिका ९ का दृष्टि विहिन बासु खत्रीका दुबै जना दुष्टिबिहिन रहेका छन भने उनकी आमा किट्टि थापाको परिवार निकै नाजुक भएकाले उहाँहरुलाई सहयोग गरेको बडिमालिका खबरका सम्पादक पदम सिंहले वताएका छन् ।
सहयोग गर्ने बसुधा गुरुङ्ग काठमाडौ बस्नु हुन्छ, उहाँ सामाजिक क्षेत्रमा बिगत लामो समय देखी काम गर्दै रहेकी छन् । त्यस्तै प्रभाब शाहि (प्रेम) को घर बाजुराको स्वामिकार्तिक गाँउपालिका ३ जुकोट रहेको छ । हाल उनि दक्षिण कोरियामा बस्ने गरेका छन् । उनि दक्षिण कोरिया सुदुर पश्चिम समाज निबर्तमान कोसाध्यक्ष समेत हुन् । उनिहरुको अबस्था निकै नाजुक रहेको पाउँदा साथिहरुको सहयोग बाट रकम संकलन गरेर सहयोग गरेको वताएका छन् । उनि बिदेशमा बसेर पनि सामाजिक सेवामा काम गर्दै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार