शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बडिमालिका खवरकाे बार्षिक उत्सवकाे शुभकाना सन्देश : निमुखाको मुख र असाह्यको साहारा बन्दै बडिमालिका

बडिमालिका खवरकाे बार्षिक उत्सवकाे शुभकाना सन्देश : निमुखाको मुख र असाह्यको साहारा बन्दै बडिमालिका

  • सोमवार, माघ २७, २०७६
बडिमालिका खवरकाे बार्षिक उत्सवकाे शुभकाना सन्देश :  निमुखाको मुख र असाह्यको साहारा बन्दै बडिमालिका

बडिमालिका खबर डटकम अनलाइनले एक बर्ष पुरा गरि आज दोस्रो बर्षमा प्रबेश गरेकोमा  बडिमालिका खबर डटकम परिवारलाइ धन्यवाद । एक बर्षको अवधिमा डिजिटल प्रविधिका माध्यम बाट अनलाइन,युट्युव र टवीटर मार्फत लाखौ पाठकको मन जित्न सफल हुनुका साथै बाजुराको इगडि देखि बौडी,डोगडी देखि साप्पाटा र छतारा देखि गोत्रि सम्मका घट्ना मुलक र खोजमुलक समाचार लगायत प्रत्येक स्थानिय तहको अलग्गै पोर्टल तयार पारेर प्राथमिकताका साथ अशल अभ्यास,जनहितमा जारी सूचना,विज्ञापन र समाचारहरु प्रशारण गरिरह्को पाँउदा खुसी लागेको छ । बडिमालिका खबर परिवारले रोग,भोक र शोकमा जीवन विताइरहेका दलित,महिला, वालवालिका,बृद्ध र रोगीका आवाजहरुलाइ सम्बन्धित सरोकारवाला निकाय सम्म पुरयाएर खबरदारी गर्नुका साथै नागरिकले पाँउने सेवा सुविधा उपलब्ध गराउन सहजिकरण गरिरहेको छ। जसका कारण वालवालिकाहरुले पढ्न पाएका छन् । रोगीले उपचार गर्न आन्तरिक र बाह्य सहयोग पाएका छन,भने राज्यका निकायहरु जनता प्रति जवाफदेहि बनिरहेका छन ।समाजमा कुप्रथाको रुपमा रहेका छाउपडी र बोक्सी प्रथाहरुका बारेमा समाजमा जनचेतना जगाउनुका साथै राष्टिय र अन्तराष्टिय समाचारहरु प्रशारण गर्दा पाठकलाइ सजिलै सुसूचित हुने अवसर प्राप्त भएको छ । आगामी दिनमा बडिमालिका खबर सबैको साझा खबर बनोस यहि छ शुभकामना । उही तपाइहरूकाे शुभचिन्तक लक्ष्मण जाेशी जगन्नाथ गाउँपािलका बाजुरा

चर्चामा

सम्बन्धित समाचार