शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रवास
  • नेपाल र ओमनबीच छिट्टै पर्यटनसम्बन्धी द्विपक्षीय सम्झौता

नेपाल र ओमनबीच छिट्टै पर्यटनसम्बन्धी द्विपक्षीय सम्झौता

  • सोमवार, मंसिर ९, २०७६
नेपाल र ओमनबीच छिट्टै पर्यटनसम्बन्धी द्विपक्षीय सम्झौता

नेपाल र ओमनबीच छिट्टै पर्यटनसम्बन्धी द्विपक्षीय सम्झौता हुने भएको छ। ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र ओमान अधिराज्यका पर्यटन मन्त्री अहमद बिन नासेर अल मेहार्जीसँगको भेटमा छिट्टै पर्यटन सम्बन्धी द्विपक्षीय सम्झौता गरिने सहमति भएको हो ।

टुरिज्जम प्रमोसन, पर्यटनमा दुवै लगानी गर्ने विषयमा ओमन सरकार सकरात्मक रहेको राजदूत ढकालले जानकारी दिइन । भेटमा राजदूत ढकालले नेपाल भ्रमण वर्ष २०२० को बृहत समुद्‌घाटन कार्यक्रममा उपस्थित हुनका लागि पर्यटन मन्त्री योगेश भट्टराईले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गरेकी थिइन।

पर्यटन मन्त्री अहमद बिन नासेर अल मेहार्जीले नेपाल जान आफू इच्छुक रहेको र उक्त कार्यक्रममा सम्भव भएसम्म उपस्थित हुने प्रतिवद्धता जाहेर गरेको ओमनस्थित नेपाली राजदूतावासले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार