बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • शिक्षा
  • बाजुरामा निमाबि तहका नयाँ स्थायी शिक्षकलाई नियुक्ति

बाजुरामा निमाबि तहका नयाँ स्थायी शिक्षकलाई नियुक्ति

  • आइतवार, कार्तिक २४, २०७६
बाजुरामा निमाबि तहका नयाँ स्थायी  शिक्षकलाई नियुक्ति

जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ बाजुराले २१ जनालाई नियुक्ति दिएकाे छ । शिक्षा समन्वय ईकाइले ८ वटा स्थानीय तहलाई रिक्त रहेकाे ठाउँमा सिफारिस गरेको शिक्षा समन्वय इकाइ बाजुराका प्रमुख गाेपालदत्त जाेशिले वताएका छन् । शिक्षा तथा मानव स्राेत विकासले बाजुरामा शिफारिस गरेको २३ जना मध्ये २१ जनालाई स्थानीय तह मार्फत बिधालयमा पठाएको छ । बडिमालिका नगरपालिका हलमा नियुक्ति बितरण तथा सपथ ग्रहण गराईएकाे थियाे । कार्यक्रमकाे अध्यक्षता समन्वय इकाई प्रमुख गाेपाल दत्त जाेशिले गरेका थिए  । प्रमुख  अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन का केन्द्रीय समिति उपाध्यक्ष तुला थापा बिशिस्ट अतिथि शिक्षक महासंघ बाजुराका अध्यक्ष पुर्ण खाति , बडिमालिका नगरपालिका निमित्त प्रशासकिय अधिकृत रंगमल बिक नेपाल पत्रकार महासघ बाजुरा अध्यक्ष प्रकाश सिहं   लगायत अतिथिकाे सहभागी रहेकाे थियोे । शिक्षक नियुक्ति रिक्त रहेकाे ठाउँ र कनिष्ठका अाधारमा स्थानीय तह हुदै बिधालयमा सिफारिस गरेको  शिक्षा समन्वय इकाइ बाजुराका प्रमुख गाेपालदत्त जाेशिले वताएका छन् । साे कार्यक्रमकाे सञ्चालन नेपाल राष्ट्रिय शिक्षक संगठन बाजुरा सचिब शिक्षक धिर बहादुर दानिले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार