बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • नेपाल र अमेरिकी सैनिकबीच दोस्रो ‘ल्याण्ड फोर्स टक’

नेपाल र अमेरिकी सैनिकबीच दोस्रो ‘ल्याण्ड फोर्स टक’

  • बिहिबार, कार्तिक ७, २०७६
नेपाल र अमेरिकी सैनिकबीच दोस्रो ‘ल्याण्ड फोर्स टक’

काठमाडौं : नेपाली सेना र र अमेरिकी सेनाबीच दुईदिने दोस्रो नेपाल अमेरिका ‘ल्याण्ड फोर्स टक’ सैनिक जंगी अड्डामा जारी छ। बुधबारदेखि सञ्चालन भएको यो कार्यक्रम आज सकिने छ। यो दोस्रो पटक हो। पहिलो पटक २०७५ साल जेठमा भएको थियो। ल्याण्डफोर्स टकमा नेपालका १९ सैनिक अधिकारी र अमेरिकी सेनाका १६ जना अधिकारी सहभागी छन्। यस कार्यक्रमको प्रमुख उद्देश्य नेपाली सेनाको शान्ति स्थापना कार्यको क्षमता अभिबृद्धि, मानवीय सहयोग र विपद् प्रतिकार्य, फौज व्यवसायिकरणमा सहयोग तथा नेपाली सेना र अमेरिकी सेनाले संचालन गर्दै आइरहेको सैनिक कारवाहीका अनुभवहरु आदान प्रदान गर्नु रहेको सैनिक मुख्यालयले जनाएको छ। उक्त कार्यक्रममा सहभागी हुन अमेरिकी सेनाका मेजर जेनेरल डानियल एफ म्याकड्यानियलको टोली कात्तिक ४ गते नेपाल आएको थियो। प्रधानसेनापति पूर्णचन्द्र थापा र डानियलबीच हिजो जंगी अड्डामा भेटवार्ता भयो। उक्त भेटवार्ताको क्रममा दुई देश बीचका सेनाको पारस्परिक सम्बन्ध र पेशागत क्षमता अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो।

चर्चामा

सम्बन्धित समाचार