शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • फर्जी कागजात बनाएर लोकसेवा सदस्य

फर्जी कागजात बनाएर लोकसेवा सदस्य

  • मङ्लबार, कार्तिक ५, २०७६
फर्जी कागजात बनाएर लोकसेवा सदस्य

प्रदेश ५ को लोकसेवा आयोगमा फर्जी कागज बनाएर सदस्य नियुक्त गरिएको खुला भएको छ । तीन सदस्यीय आयोगका लागि मुख्यमन्त्री शंकर पोखरेल संयोजक रहेको समितिले सिफारिस गरेको महिला सदस्य राहेल पोखरेलको कागजात फर्जी देखिएपछि नियुक्त दुवै सदस्यको शपथग्रहण रोकिएको छ ।

आयोग अध्यक्षमा सरकारले साउन पहिलो साता अर्घाखाँचीका डिलाराम भट्टराईलाई नियुक्त गरेको थियो । थप दुई सदस्य सिफारिस भएकामा गुल्मीका बबुराम गौतम र रुपन्देहीकी पोखरेल प्रदेशप्रमुख उमाकान्त झाबाट बिहीबार नियुक्त भएका छन् । राहेल प्रदेशसभा विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलकी बहारी हुन् ।

सिफारिस समितिमा उनी र सभामुख सदस्य छन् । नियुक्तीको खबर बाहिरीएपछि पोखरेलका विषयमा कागजपत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । यो समाचार कान्तिपुर दैनिकमा घनश्याम गौतमले लेखेका छन् ।

चर्चामा

सम्बन्धित समाचार