शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • देउडा गितका स्वर सम्राट प्रकाश थापाले तताए छेडेदह महत्सव

देउडा गितका स्वर सम्राट प्रकाश थापाले तताए छेडेदह महत्सव

  • बिहिबार, अशोज ३०, २०७६
देउडा गितका स्वर सम्राट प्रकाश थापाले तताए छेडेदह महत्सव

देउडाका सम्राटका रुपमा चिनिने प्रकाश थापाले छेडेदह मत्सब तताएका छन् । बाजुरा घर भएका गायक थापाले छेडेदह महत्सवमा दर्शकको मन जितेका छन् । उनले कुनै बेला देउडा, देउसी भैलो र कुनै बेला ठाडी भाका मार्फत दर्शकलाई भरपुरु नचाएका थिए ।


उनले प्रस्तुति मार्फत पनि भने देउडा जगेर्ना गर्नुपर्छ । पछिल्लो समय देउडा ओझेलमा परेको भन्दै देउडा संरक्षण गर्नमा सबैलाई आग्रह गरेका छन् । उनले दशै सम्बन्धि, देउसी भैलो र सुदुरपश्चिमेली देउडा गाएर पनि अथिति दर्शकलाई देउडा खेलाएका थिए ।
स्थायि शिक्षक पेशामा कार्यरत कलाकार थापा बाजुराको मात्र नभई देउडामा निकै स्वर स्रमाटका रुपमा चिनिने गरेका छन् । शिक्षक पेशा सँगै उनि कलाकारी क्षेत्रमा रहदै आएका छन् । छेडेदह महत्सव हेर्न अछाम बाट पुगेका बिक्रम खडकाले भने प्रकाश थापाको स्वर पहिलो पटक सुनेको उनि देउडा गितका स्वर सम्राट रहेको वताए । थापाको स्वर, शब्दमा थुप्रै देउडा गित बजारमा आएका छन् ।


जय मालिका यातायात प्रा.लि.को आयोजना र खप्तड छेडेदह गाउँपालिकाको सह आयोजनामा जिल्लामा पहिलो पटक पर्यटन महोत्सव संचालन गरिएको महोत्सव व्यवस्थापन समितिका संयोजक तथा जय मालिका यातायात प्रा.लि.का अध्यक्ष प्रेमनाथ योगीले वताएका छन् । साथै छेडेदह ताल संरक्षणका लागि महत्सबको आयोजना गरेको उनले वताए ।
महोत्सव कार्तिक १ गतेसम्म संचालन हुने बताए । कार्यक्रममा स्थानीय कलासंस्कृति, धामीझाँक्री, भुवा, अनन्तले र राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुती भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार