बुधबार, कार्तिक ३, २०७८
  • होमपेज
  • मनोरञ्जन
  • हास्य ब्यंग्य टेली सिरियल “कुरा मात्र भो” ले चर्चा कमाउदै ( २० अाैँ भाग भिडियो हेर्नुहोस् )

हास्य ब्यंग्य टेली सिरियल “कुरा मात्र भो” ले चर्चा कमाउदै ( २० अाैँ भाग भिडियो हेर्नुहोस् )

  • आइतवार, अशोज ५, २०७६
हास्य ब्यंग्य टेली सिरियल “कुरा मात्र भो” ले चर्चा कमाउदै ( २० अाैँ भाग भिडियो हेर्नुहोस् )

अर्जुन गौतमको निर्देशनमा निर्माण भएको नेपाली हास्य ब्यंग्य टेली सिरियल कुरा मात्र भो हरेक शनीवार राती ८: ०५ मा एनटिभी प्लसबाट प्रसारणमा आएको हो । कुरा मात्र भो को प्रसारणका लागि नेपाल टेलिभिजन संस्थान र ग्लोरी मिडिया बिच वैशाखमा सम्झौता सम्पन्न भएको थियो । अहिले यो टेली सिरियलले बजारमा चर्चा पाउन थालेको छ ।

पिके इण्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको उक्त टेलिसिरियलले दर्शकहरुलाई भरपूर मनोरंजन दिने निर्माण पक्षको दाबी रहेको छ । निर्देशक गौतमका अनुसार सिरियलको कथावस्तु सामाजिक एवम् राजनितिक बिषय बस्तुमा केन्द्रित रहने र समसामयिकतामा आधारित रहनेछ । सो सिरियल युट्युब च्यानल जेसिका इण्टरटेनमेण्टमार्फत पनि हेर्न सकिने छ ।

साहित्यकार सनत आचार्यको लेखनमा तयार पारिएको उक्त सिरियलमा कलाकारहरु उत्तम अर्याल (कोदे), लक्ष्मण चौलागाई आदीको अभिनय रहेको छ । त्यसैगरि कुरा मात्र भो को निमार्तामा कमल श्रेष्ठ ,कार्यकारी निर्मातामा रामचन्द्र थापा तथा राजु श्रेष्ठ, क्यामरामा जनक राज अधिकारी रहेका छन् भने राज श्रेष्ठ को सम्पादन रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार