बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • आजदेखि सोह्र श्राद्ध शुरु

आजदेखि सोह्र श्राद्ध शुरु

  • शनिबार, भदौ २८, २०७६
आजदेखि सोह्र श्राद्ध शुरु
फाईत तस्वीर

बाजुरा  । आजदेखि सोह्र श्राद्ध शुरु भएको छ । आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ । सोह्र श्राद्ध अथात् जमारे औँसी पनि भन्ने चलन छ ।

भाद्र शुक्लपूर्णिमादेखि आश्विन जमरे औंसी सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो। सोह्र श्राद्धदेखि दशैँको शु्रूवात हुन्छ । सोह्र श्राद्धमा आफ्ना पितृलाई तिथि अनुसार श्राद्धमा गर्ने तथा पिण्डदान गर्ने चलन छ । श्राद्ध आफ्नै घरमा बसेर वा नजिकको पवित्र तीर्थस्थल, गङ्गाको तिरमा गएर गर्ने चलन छ ।

श्राद्धभन्दा एकदिन अगावै नङ, केश आदि काटी एकछाक मात्र सात्विक भोजन गरी चोखोनिधो भएर बस्नु पर्छ । सोह्र श्राद्ध मुसुरीको दाल, लौका, लसुन, प्याज, कोदो, फापर, माछामासु सेवन गर्नु हुँदैन ।

एकछाकी र श्राद्धका दुबै दिन हलो जोत्नु, कोदालो खन्नु, दाउरा काट्नु, नाचगान गर्नु आदि पनि निषेध गरिएको छ । श्राद्धका दुवै दिन आकस्मिक रूपमा धनप्राप्त हुने कुनै पनि लाभमूलक काम गर्नुहुँदैन । दुई दिन शरीरमा सुन, तेल र साबुन प्रयोग गर्नु हुँदैन

चर्चामा

सम्बन्धित समाचार