बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • ‘मिस्टर नेपाली’ गीत : भुवन र रिमाले नाँचे छम्मा छम्मा

‘मिस्टर नेपाली’ गीत : भुवन र रिमाले नाँचे छम्मा छम्मा

  • शुक्रबार, भदौ १३, २०७६

काठमाडौं – फिल्म ‘मिस्टर नेपाली’को ‘नाँचौ छम्मा छम्मा’ बोलको गीत सार्वजनिक भएको छ । निर्माण युनिटले राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको प्रदर्शन मिति कात्तिक २९ समेत घोषणा गरेको छ ।
सार्वजनिक गीतमा मिलन लामा र रिता केसीको स्वर, सुभाष भुषालको संगीत र देव भुषालको शब्द छ । गीतमा मुख्य कलाकारहरु भूवन केसी, रीमा विश्वकर्मा, नव–कलाकारद्धय साहिल श्रेष्ठ र कुसुम राउतका साथै रवि डंगोल, बिष्णु सापकोटा, कमलमणि नेपाल समेत देखिएका छन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । ‘मिस्टर नेपाल’ लाई देवचुली फिल्मस्को ब्यानरमा प्रेमराज दाहालले निर्माण गरेका हुन् । फिल्मले राष्ट्रियता र प्रेमको कथा भन्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

फिल्म आफ्नो होहोरो भूमिका रहेको अभिनेता भुवन केसीले कार्यक्रममा बताए । उनले फिल्मको कथावस्तु मन परेकाले काम गरेको सुनाए । देव भुषालले निर्देशन गरेको फिल्ममा भुषालकै लेखन तथा पटकथा रहेको छ ।

 

 

चर्चामा

सम्बन्धित समाचार