शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • रेविकालाई हाने पुष्पले झटारो

रेविकालाई हाने पुष्पले झटारो

  • सोमवार, भदौ ९, २०७६

काठमाडौं– अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित ‘मारुनी’ भदौ १३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । निर्माण युनिट कलाकार सहित फिल्म प्रचार प्रसारका लागि अहिले मोफसल टुरमा रहेको छ । सबै युनिट मोफसल यात्रामा रहेको समयमा पनि निर्माण युनिटले फिल्मको नयाँ गीत सार्वजनिक गरेको छ ।

फिल्मको ‘हाने मैले झटारो’ बोलको गीत सार्वजनिक गरिएको छ । अन्जु पन्त र कृष्ण काफ्लेको स्वर रहेको यो गीतमा पुरुषोत्तम ढुंगेल र कृष्ण काफ्लेको शब्द, कृष्णकै संगीत छ । गीतमा फिल्मका मुख्य कलाकार पुष्प खड्का र रेविका गुरुङ देखिएका छन् ।

विगत केही दिनदेखि मोफसल टुरमा निस्किएको फिल्म युनिट आज नेपालगञ्ज पुगेको छ । नेपालगञ्जको कन्सर्ट सकाएर युनिट काठमाडौं फर्कनेछ । कन्सर्टमा साम्राज्ञीसँगै नायक पुष्प खड्का, निर्देशक नवल नेपाल, निर्मात्री पूनम गौतम, गायक कृष्ण काफ्ले सहभागी हुनेछन् ।

पोखरा, चितवन, धरान लगायत बिभिन्न स्थानमा कार्यक्रम सहित फिल्म प्रचार सकाएर फिल्म युनिट नेपालगञ्ज पुगेको हो ।

चर्चामा

सम्बन्धित समाचार