शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • कर्फ्यू उल्लंघन गर्दै कश्मीरको श्रीनगरमा प्रदर्शन

कर्फ्यू उल्लंघन गर्दै कश्मीरको श्रीनगरमा प्रदर्शन

  • आइतवार, साउन २६, २०७६
कर्फ्यू उल्लंघन गर्दै कश्मीरको श्रीनगरमा प्रदर्शन

भारत प्रशासित कश्मीरका साथै जम्मूको पुन्छ, राजौरी, डोडा र किश्तवाड इलाकामा सरकारले ६ दिनदेखि धारा १४४ लागू गरेको छ । सरकारले धारा १४४ अनुसार नै रोक लगाइएको बताएपनि अवस्था कर्फ्यू जस्तै छ । सरकारले केही स्थानमा ईदमा प्रतिबन्ध हटाउने बताएको छ । तर विरोध प्रदर्शन भइरहेको स्थानहरुमा कायमै रहनेछ ।

श्रीनगरको सौरा इलाकामा विरोध प्रदर्शन भइरहेको छ । सरकारले सानो संख्यामा प्रदर्शन भनेपनि त्यहाँको अवस्था अर्कै छ । ठूलो संख्यामा मानिसहरु प्रदर्शनमा सहभागी भएका छन् । सुरक्षा बलले भिडलाई तितरवितर पार्न फायरिङ पनि गरेको छ । गोली लागेर केही मानिस घाइते पनि भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार