शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • प्रवास
  • भारतीय मुख्यमन्त्रीले नेपालबारे गरे यस्तो सनसनीपूर्ण भविष्यवाणी !

भारतीय मुख्यमन्त्रीले नेपालबारे गरे यस्तो सनसनीपूर्ण भविष्यवाणी !

  • आइतवार, असार ८, २०७६
भारतीय मुख्यमन्त्रीले नेपालबारे गरे यस्तो सनसनीपूर्ण भविष्यवाणी !

भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दू राष्ट्रका लागि तयार हुने विश्वास व्यक्त गरेका छन् ।

लखनउस्थित मुख्यमन्त्री कार्यालय (लोक भवन) मा नेपाली पत्रकारहरुको टोलीसँग उनले भने, ‘हरेक देशको पहिचान हुन्छ । विश्वका हिन्दुहरुले नेपाललाई हिन्दु राष्ट्रका रुपमा चिन्छन् । दुनियाँको भावना समेट्न नेपाल तयार हुनेछ ।’

नेपाल हिन्दु राष्ट्र हुँदा विश्वभरको हिन्दुको नेपालसँग भावनात्मक सम्बन्ध हुने र तीन करोड जनसंख्या भएको नेपालले विश्वका सय करोड हिन्दुको तागत प्रयोग गर्न सक्ने मुख्यमन्त्री आदित्यनाथको भनाइ छ ।

योगीले हिन्दु राष्ट्रमार्फत नेपालले धार्मिक पर्यटनलाई विस्तार गर्न सक्नेमा जोड दिए । नागरिक दैनिकबाट

यो पनि,
भारतको उत्तर प्रदेशको हाथरसमा एक व्यक्ति र उनका तीन छोरीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेर आत्महत्या गर्ने अनुमति मागेका छन्।

खानेपानीबाट पीडित भएपछि उनले पत्र लेखेको बताएका छन्। उनले थोपा थोपा पानीका लागि तड्पिनुभन्दा आत्महत्या गर्नु राम्रो ठानेको बताएका छन्।

हाथरस जिल्लाको हासयान ब्लकमा बस्दै आएका चन्द्रपाल सिंहले नुनिलो पानी खान सम्भव नभएको बताएका छन्। खेतीकिसानी गर्दै आएका उनले आफ्नो क्षेत्रमा नुनिलो पानी मात्र पाएको बताएका छन्। यसका लागि उनले सरकारी अधिकारीलाई भेटेको तर सुनुवाइ नभएको स्पष्ट पारेका छन्।

सिंहले भने, ‘हामी यो पानी खान सक्दैनौं। मेरा छोरी पनि यो पानी खाएपछि बान्ता गर्न थाल्छन्। पानीमा नुनको मात्रा अत्यधिक भएका कारण बालीनाली पनि बर्बाद भएको छ।’

बोतलको पानी किनेर खुवाउन सक्ने आफ्नो हैसियत नभएको उनले दाबी गरेका छन्। आफ्नो पीडा सरकारी अधिकारीलाई बताए पनि सुनुवाइ नभएको बताउँदै उनले भने, ‘मैले प्रधानमन्त्रीसँग आफू र आफ्ना छोरीको जीवन अन्त्य गर्ने अनुमति मागेको छु।’

उनका छिमेकीले पनि यस्तै दर्दनाक अवस्था रहेको बताएका छन्। स्थानीय बासिन्दा राकेश कुमारले भने, ‘पानी यति धेरै नुनिलो छ कि जनावरले पनि यो पानी खान मान्दैनन्। खान योग्य पानी लिन तीनचार किलोमिटर पैदल जानुपर्छ।’

त्यस क्षेत्रका सम्बद्ध अधिकारीले यस्तो समस्याको जानकारी नभएको भन्दै जवाफ दिएका छन्। –एजेन्सी

यो पनि,

कोसी परियोजनाले सप्तकोसी नदीको नेपाल तर्फको भागमा खनेको पाइलट च्यानल पुनः गहिरो बनाउन सुरु गरेको छ । यसबारे भारतले नेपाललाई कुनै जानकारी दिएको छैन ।

सप्तरीको हनुमानगर कंकालनी नगरपालिकाको वडा नम्बर १३ मा पाइलट च्यानल खन्दा गोबगाढा बस्ती नै डुबेको थियो । भारतले च्यानल गहिरो बनाउन थालेपछि बस्ती डुब्ने आशंकाले स्थानीय त्रसित बनेका छन् ।

परियोजनाका अधिकारीको निर्देशनमा ठेकेदारले मेसिन लगाएर गहिरो र फराकिलो बनाउने काम गरिरहेको वडा अध्यक्ष बिन्देश्वर यादवले बताए । अन्नपूर्ण पोस्टबाट

यो पनि,
मोदी सरकारले फेरि एकपटक दादागिरी देखाएको छ । नेपाल–भारत सीमा क्षेत्र जोगबनी नाका हिजो देखि बन्द गरिएको छ । विगतमा लामो समय नाकाबन्दीको मार खेपेको नेपाललाई पटकपटक कहिले नाकाबन्दी त कहिले जानकारी नै नगराई नदिको पानी फर्र्काएर नेपालीलाइ डुबानमा पार्ने लगायत दुःख दिदैँ आएको नरेन्द्र मोदी सरकारले फेरि एक पटक नाकाबन्दीको जस्तै अवस्था सिर्जना गरेको हो ।

भारतको जोगवनी भन्सारका एजेन्ट र भारतीय सीमा सुरक्षा बल एसएसबीबीच उत्पन्न विवादका कारण नेपालतर्फ आउने सामानहरु भारतीय भूमिमा नै ठप्प भएर रोकिएपछि नाकाबन्दीजस्तै अवस्था उत्पन्न भएको छ ।

एसएसबी र भारतीय भन्सारबीचको विवाद उग्र बन्दै गएपछि त्यसको असर सीमा नाकामा परेको जनाइएको छ । भारत तथा तेस्रो मुलुकबाट आयात भएका सामानहरु लिएर नेपाल आउँदै गरेका मालवाहक गाडीहरु बोर्डरमै रोकिएका छन् ।

नेपालबाट फर्कने क्रममा रहेका सवारी साधन पनि नेपालतर्फ नै रोकिएको विराटनगर भन्सार कार्यालयका प्रवक्ता मनीराम पौडेलले जानकारी दिए ।

नाका ठप्प हुँदा नेपालबाट भारत र भारतबाट नेपालतर्फ आउजाउ गर्ने गर्ने दुई सयभन्दा बढी मालवाहक गाडीहरु बीच बाटोमै अलपत्र परेका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले नेपालबाट खाली गाडीलाई विराटनगर–१८ को बुधनगरमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आईसीपी)को बाटो हुँदै फर्काउने विषयमा कुरा भइरहेको जानकारी दिए ।

अहिले उक्त क्षेत्रमा तनाब उत्पन्न भएको छ । यो नाकाबन्दी कहिलेसम्म रहने हो भन्ने कुरा एकिन भएको छैन ।

यो पनि,
भारतले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अरव ६० करोड उपलब्ध गराएको छ ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री डा. युवराज खतिवडालाई नेपालका लागि भारतीय राजदुत मंजीवसिंह पुरीले भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अरव ६० करोडको चेक हस्तान्तरण गरेको हो ।

भारतले नेपालको निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता वापत १ अरव ६० करोड रुपैयाँ उपलब्ध गराएको अर्थ सचिव राजन खनालले जानकारी दिनु भयो । भारतले नेपालको पुनर्निर्माणका लागि पहिलो किस्तावापत यस अघि नै २ अरव १० करोड रुपैयाँ उपलब्ध गराइ सकेको छ ।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतका राजदुत सिंहले नेपालको भूकम्पपछिको पुनर्निर्माणको काममा सहकार्य गर्न पाएकोमा भारत सरकार खुसी भएको बताए । उनले नेपालको विकास, निर्माणको काममा भारत सरकारको सदा साथ रहने पनि बताए ।

२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले नेपालमा ठूलै धनजनको क्षति भएपछि भारतलगायतका देशहरुले त्यसको पुनर्निर्माणमा सघाउने समझदारी गरेका थिए ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत पुरीले नेपालको निजी आवास पुनर्निर्माणको काम करिव ७० प्रतिशत भन्दा बढि सम्पन्न हुनु आफ्नो मुलुकका लागि सुखद् समाचार भएको पनि बताएका थिए ।

यो पनि,
भारतका प्रधानमन्त्रीको हवाई यात्राको समयावधि पाकिस्तानले निर्धारण गर्ने विषय अपत्यारिलो लाग्न सक्छ तर वास्तविकता यही नै हो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको किर्गिस्तान भ्रमणका क्रममा हुने हवाई यात्राको समयावधि पाकिस्तानले निर्धारण गर्नेछ । समाचार एजेन्सीहरुका अनुसार मोदीको हवाई यात्रा ८ घण्टा लामो हुने या ४ घण्टाको हुने भन्नेबारे पाकिस्तानले निर्धारण गर्ने भएको हो ।

किर्गिस्तानको राजधानी बिस्केकमा १३ र १४ जुनमा आयोजना हुने सांघाइ सहयोग संगठनको बैठकमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी त्यसतर्फ जान लागेका हुन् । उनको हवाई मार्ग भने अझै निश्चित हुन सकेको छैन ।

पाकिस्तानले हाल आफ्नो आकाशमाथि व्यावसायिक उडानमा बन्देज लगाएको छ । पाकिस्तानी आकाश प्रयोग गर्ने ११ हवाई रुटमध्ये दुईवटा रुटमात्र खुला छ । ती दुवै रुट दक्षिण पाकिस्तानतर्फ छन् ।

नयाँ दिल्लीबाट किर्गिस्तान जानका लागि पाकिस्तानले आफ्नो आकाशमाथि लगाएको प्रतिबन्ध खुला नगरेमा मोदी सवार विमानले घुमाउरो बाटो प्रयोग गर्नुपर्नेछ । उक्त बाटो करिब ८ घण्टा लामो हुने जनाइएको छ । पाकिस्ताले मोदी सवार विमानलाई हवाई मार्ग खुला गरेको खण्डमा यात्रा अवधि झण्डै आधा कटौती हुनेछ । भारतीय अधिकारीहरुका अनुसार पाकिस्तानले मोदी सवार विमानका लागि आकाशमार्ग खुला गरिदिएमा करिब ४ घण्टामै उनी किर्गिस्तान पुग्नेछन् ।

भारतले पाकिस्तानसमक्ष मोदीको किर्गिस्तान भ्रमणका क्रममा पाकिस्तानी आकाशमाथिको प्रतिबन्ध हटाइदिन आग्रह गरेको जनाइएको छ । पाकिस्तानले यसबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

यसअघि पाकिस्तानले भारतका तत्कालिन विदेशमन्त्री सुष्मा स्वराज सवार विमानका लागि किर्गिस्तान जाने बाटो दिएको थियो । –एजेन्सीको सहयोगमा

यो पनि,
शुक्रबार स्वदेश फर्किन तरखर गरेका ११ नेपालीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थलले उड्न रोक लगाएपछि यसको सबैतिर चर्चाा सुरू भएको छ।

विमानस्थल अधिकारीहरुले बस वा ट्रेनबाट आएकाहरु फर्कदा पनि त्यसरी नै जानुपर्ने भन्दै विमानमा जान नदिएको पीडितहरूले भारतस्थित रहेको नेपाली दूतावासमा गुनासो गरेपछि कुरा बाहिर आएको हो।

नेपाली नागरिकलाई उड्न रोक लगाइएको सुन्नासाथ भारतीय पक्षसँग कुराकानी गरिएको दूतावासका प्रवक्ता हरि ओडारीले बताए ।उनले भने,’त्यो सुन्नेबित्तिकै हामीले विमानस्थल अध्यागमनसँग कुराकानी गर्‍यौ, उहाँहरुले रोक्ने नीति छैन भन्ने जवाफ दिएका हुन्।’

शनिबार दूतावासले ट्विट गर्दै अबदेखि इन्दिरा गान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थलले यस्तो प्रकृतिको घटना नदोहराउने जनाएको छ।

यो पनि,
तीर्थाटन, व्यापारलगायत प्रयोजनले भारत आएर शुक्रबार स्वदेश फर्किदै ११ नेपालीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थलले उड्न रोक लगाएको छ । तीमध्ये एक जना नेपाल वायुसेवा निगम र १० जना भुटान एयरबाट काठमाडौं फर्किदैं थिए ।

विमानस्थल अधिकारीहरुले बस वा ट्रेनबाट आएकाहरु फर्कदा पनि त्यसरी नै जानुपर्ने भन्दै विमानमा आएकाहरु जान नदिएको पीडितले बताए । ’तिमीहरु जुन बाटो आएका हो, त्यही बाटो फकर्नुपर्ने नियम छ,’ भारतीय अधिकारीलाई उद्धृत गर्दै एक नेपाली यात्रुले भने । विना पूर्वसूचना भारतीय पक्षबाट लगाइएको अघोषित नियमका कारण नेपालीले सास्ती खेप्नुपरेको हो ।

काठमाडौं, चाबहिलका लालबाबु चौधरी सपरिवार वैष्णोदेवी दर्शन गरेर घर फर्किन शुक्रबार बिहान आठै बजे विमानस्थल पुगे । लजेग बुझाए, बोर्डिङ पास पनि लिए । उनको परिवार आउँदा गोरखपुरबाट रेल चढेको थियो ।

यही कारण देखाएर विमानस्थल अधिकारीले उनलाई विमानमा जान दिएनन् । चौधरी रेलबाट आएर विमानबाट फर्कन लागेको यो पहिलोपटक थिएन । ’यसअघि आफूलाई जे सजिलो हुन्थ्यो, त्यही गरियो, कहिले बस र ट्रेन त कहिले प्लेन,’ उनले भने, ’अहिले बढी गर्मी भएकाले प्लेनबाट फर्कने निर्णय गर्‍यौं । निकै गर्मी छ, बच्चा र महिलालाई जान दिनुस् भन्दा पनि सुनुवाइ भएन ।’

’उड्न नपाउनुको पीडा त छँदै छ, चौधरी परिवारले आफ्नो सामान फिर्ता पाउन दिनभर विमानस्थलमै कुर्नुपर्‍यो । साँझ करिब पाँच बजे मात्र उनीहरुले आफ्नो सामान फिर्ता पाए । फेरि होटलमा गएर बस्न खर्च छैन ।

टिकटको पैसा फिर्ता आउँछ आउँदैन त्यो पनि ठेगान छैन । टिकट काटिदिने एजेन्ट पैसा फिर्ता गर्ने जिम्मेवारी आफ्नो नभएको भन्दै टकटकिएको छ,’ चौधरीले भने । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

भुटान एयरले बोर्डिङ पास लिएर उड्न नपाएकाको पैसा फिर्ता गर्ने जनाएको छ तैपनि उनी ढुक्क छैनन् । ’खै कसको कुरा पत्याउने, आशा छैन, अब ऋण सापट गरेर भए पनि फर्कनुपर्ला,’ चौधरीले भने । बसबाट आएका काठमाडौंका प्रमोद मुडवरीलाई पनि विमान जान दिइएन् ।

व्यापारका सिलसिलामा बीच दिल्ली धाइरहने उनले भुटान एयरको टिकट काटेका थिए । ’यस्तो त कहिल्यै भएको थिएन, हरेक एक दुई महिनामा दिल्ली आउनेजाने गर्छु, जेबाट सजिलो हुन्छ, त्यहीबाट फर्कने गरेको छु तर यसपटक जान मिल्दैन भनियो,’ उनले भने । बिना पूर्वसूचना उड्न नदिएर बिचल्ली पारिदिएको उनको गुनासो छ ।

नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले नेपाली नागरिकलाई उड्न रोक लगाइएको सुन्नासाथ भारतीय पक्षसँग कुराकानी गरिएको बताए । ’त्यो सुन्नेबित्तिकै हामीले विमानस्थल अध्यागमनसँग कुराकानी गर्‍यौ, उहाँहरुले रोक्ने नीति छैन भन्ने जवाफ पाएका छौं,’ ओडारीले भने ।

पीडितहरुका अनुसार अध्यागमन अधिकारीले उड्न दिए पनि कालोसूचीमा राख्ने चेतावनीसमेत दिएका थिए । त्यस्तो धम्की सुनेपछि केहीले स्वेच्छाले उडान नभर्ने निर्णय लिए । औपचारिक रेकर्डमा भने अध्यागमन अधिकारीहरुले उडानमा रोक लगाउनुपछाडि अमान्य कागजात कारण देखाएको स्रोतको दाबी छ । रोकिएका नेपालीसँग नागरिकता र पासपोर्ट थियो ।

जब कि हवाईमार्गबाट नेपाल(भारत आवतजावत गर्दा एउटा भए मात्र पुग्छ । ’आफूलाई जसरी सजिलो हुन्छ, त्यसरी नै आउनेजाने गर्ने हो । यो त हदैसम्मको भारतको हेपाहा प्रवृति भयो, बिनाकुनै जानकारी जे पनि गर्न हुने ?’ उड्न रोकिएका एक जनाले भने ।

नेपालीहरु उपचार र अन्य विभिन्न प्रयोजनले दिल्लीलगायत भारतीय सहर पुग्ने गरेका छन् । उनीहरु अनुकूलता हेरी बस, रेल र विमानबाट आउजाउ गर्दै आएका छन् । ’

आउने र फर्कने कसरी भन्ने त हाम्रो इच्छा हो, कानुन पालना गरेको छ छैन भन्ने पो हेर्ने हो, यो त दुःख दिने नियतबाहेक केही होइन,’ अर्का नेपाली यात्रु सञ्जय जैसवालले भने, ’कालोसूचीमा राख्ने धम्की सुनेपछि कुसरी जबरजस्ती गर्न सकिन्छ ?’

यो पनि,
छिमेकी मुलुक भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभाको निर्वाचनमा भारी मतका साथ विजयी भएर दोस्रो कार्यकालका लागी पनि भारतीय सत्ताको बागडोर सम्हालेर बसेका छन्, आफुलाई अत्यन्तै इमान्दार र अध्यात्मि ठान्ने प्रधानमन्त्री मोदीलाई उनकै एक सांसदले हालै गरेको एउटा क्रियाकलापले भने लज्ज्ति बनाएको छ ।

भारत उत्तर प्रदेशको उन्नावबाट विजयी भएका भारतीय जनता पार्टी (भाजपा) का सांसद साक्षी महाराज बुधबार सीतापुर जिल्ला कारागार चलान भएका छन । उनले त्यहाँ बन्दी रहेका भाजपा विधायक कुलदीप सेंगरसँग भेटघाट गरेका छन ।

कुलदीप सेंगर उन्नाव जिल्लाको बांगरमउ सिटबाट भाजपाका विधायक हुन् । उन्नावको बहुचर्चित बलात्कार घटनाका मुख्य अभियुक्त हुन् । भेटपछि सांसद साक्षी महाराजले भने, ‘यहाँका हाम्रा निकै यशस्वी र लोकप्रिय विधायक कुलदीप सेंगर धेरै दिनदेखि यो जेलमा हुनुहुन्छ । चुनावपछि धन्यवाद दिनका लागि यहाँ भेट्न आएको हुँ ।’

कुलदीप सेंगर उन्नाव बलात्कार काण्डका मुख्य अभियुक्त भएकाले देश तथा अन्तर्रा्ष्ट्रिय स्तरमा पनि उन्नाव चर्चामा रह्यो । आफन्तको साथ लागेर कामको खोजीमा कुलदीपको घरमा गएका बेला आफूमाथि उनले बलात्कार गरेको पीडित बालिकाको भनाई छ ।

पीडित बालिकाका पिताको मृत्यु भएको छ । उनको मृत्यु पहिलेको भिडियो भाइरल भएको थियो, जसमा उनले आरोप लगाएका थिए कि विधायका भाइ र अरु केही मानिसले उनलाई कुटपिट गरेका थिए ।

कुलदीपविरुद्ध उन्नावको माखी प्रहरी चौकीमा बलात्कार आरोप उजुरी परेको थियो । यो घटनाको जाँच सिबिआईबाट गर्न भएको आदेश अनुसार सिबिआईले नै उनलाई पक्राउ गरेको हो ।

घटनाको जाँचमा ढिलाई भएकाले यसप्रति इलाहाबाद उच्च अदालतले पनि हस्तक्षेप गरेको थियो । साक्षी महाराज र सेंगरको भेटलाई लिएर सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

तर अधिकारीहरु भने यो भेट गलत नरहेको बताउँछन् । सेंगर अभियुक्त रहेको र दोषी प्रमाणित भइनसकेको तथा विधायक पनि रहेकाले भेट गलत नहुने राज्यका महान्यायाधिवक्ताको भनाई छ ।

यो पनि,
नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि बनेको नयाँ मन्त्रिमण्डलका विषयमा विभिन्न चर्चा भइरहेको छ । नेपालमा नाकाबन्दी लगाउन मुख्य भूमिका खेलेका एस जयशंकार विदेशमन्त्री बन्दा भारत नेपालको सम्बन्ध कस्तो हुने हो भन्ने आम चाँसो बढिरहेको छ भने उनको मन्त्री मण्डलमा परेका करोडपति मन्त्रीका विषयमा पनि चर्चामै छन ।

मोदी सरकारमा एक जना यस्ता मन्त्री पनि छन् जो चर्चित गायक हुन् । जसले प्रस्सत नेपाली गीत पनि गाएका छन् । उनका नेपाली गीत निकै लोकप्रिय छन् । सुपर हिट नेपाली फिल्म गोठालोको ‘धेरै दिन पछि तिमी याद आयौ’ उनले गाएको निकै लोकप्रिय गीत हो ।

भुवन केसीको सुपरहिट चलचित्र नेपाली बाबुको ‘मञ्जरी ए मञ्जरी’ पनि उनैले गाएका हुन् । रेखा थापाको फिल्म शासनको ‘कहाँबाट आउँछ कहाँ जान्छ माया’ उनले गाएको अर्को चर्चित गीत हो ।

उल्लेखित बाहेक उनले गाएका अन्य धेरै नेपाली गीत चर्चित भएका छन् । उनी हुन् भारतका लोकप्रिय गायक बाबुल सुप्रियो ।

बाबुल सुप्रियो भारतको राज्य पश्चिम बंगालबाट लोक सभा सांसद निर्वा्चित भएका हुन् । नैबेला कम्यूनिष्ट पार्टीको गढ रहेको बंगालमा हिन्दुवादी भारतीय जनत पार्टीको आधार बनाउन पार्टीले उनको लोकप्रिय छविलाई प्रयोग गरेको छ ।

पश्चिम बंगालको असनसोलबाट सांसद निर्वा्चित भएका बाबुल बंगालमा भाजपालाई स्थापित गराउने अनुहारका रुपमा चिनिन्छन् ।

सन् २०१४ मा पहिलो पटक पश्चिम बंगालमा आफ्नो अस्तित्व काम गर्दा भाजपाले २ स्थानमा विजय हासिल गरेको थियो । जसमा एकजना बाबुल सुप्रियो थिए ।

यसपटक बंगालमा भाजपालाई १६ स्थानमा विजयी बनाएका बाबुललाई मोदी सरकारमा मन्त्री बनाइएको हो । बाबुल मोदी सरकारमा वातावरण राज्यमन्त्री बनेका छन् ।

चर्चामा

सम्बन्धित समाचार