शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • प्रवास
  • भारतमा मोदी सरकारको नयाँ नियम, यसकारण अब नेपालीले विमान चढ्न नपाउने

भारतमा मोदी सरकारको नयाँ नियम, यसकारण अब नेपालीले विमान चढ्न नपाउने

  • बिहिबार, जेष्ठ ३०, २०७६
भारतमा मोदी सरकारको नयाँ नियम, यसकारण अब नेपालीले विमान चढ्न नपाउने

काठमाडौं । तीर्थाटन, व्यापारलगायत प्रयोजनले भारत आएर शुक्रबार स्वदेश फर्किदै ११ नेपालीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले उड्न रोक लगाएको छ । तीमध्ये एक जना नेपाल वायुसेवा निगम र १० जना भुटान एयरबाट काठमाडौं फर्किदैं थिए ।

विमानस्थल अधिकारीहरुले बस वा ट्रेनबाट आएकाहरु फर्कदा पनि त्यसरी नै जानुपर्ने भन्दै विमानमा आएकाहरु जान नदिएको पीडितले बताए । ‘तिमीहरु जुन बाटो आएका हो, त्यही बाटो फकर्नुपर्ने नियम छ ।’ भारतीय अधिकारीलाई उद्धृत गर्दै एक नेपाली यात्रुले भने । विना पूर्वसूचना भारतीय पक्षबाट लगाइएको अघोषित नियमका कारण नेपालीले सास्ती खेप्नुपरेको हो ।

काठमाडौं, चाबहिलका लालबाबु चौधरी सपरिवार वैष्णोदेवी दर्शन गरेर घर फर्किन शुक्रबार बिहान आठै बजे विमानस्थल पुगे । लजेग बुझाए, बोर्डिङ पास पनि लिए । उनको परिवार आउँदा गोरखपुरबाट रेल चढेको थियो । यही कारण देखाएर विमानस्थल अधिकारीले उनलाई विमानमा जान दिएनन् ।

चौधरी रेलबाट आएर विमानबाट फर्कन लागेको यो पहिलोपटक थिएन । ‘यसअघि आफूलाई जे सजिलो हुन्थ्यो, त्यही गरियो, कहिले बस र ट्रेन त कहिले प्लेन ।’ उनले भने, ‘अहिले बढी गर्मी भएकाले प्लेनबाट फर्कने निर्णय गर्‍यौं । निकै गर्मी छ, बच्चा र महिलालाई जान दिनुस् भन्दा पनि सुनुवाइ भएन ।’

‘उड्न नपाउनुको पीडा त छँदै छ, चौधरी परिवारले आफ्नो सामान फिर्ता पाउन दिनभर विमानस्थलमै कुर्नुपर्‍यो । साँझ करिब पाँच बजे मात्र उनीहरुले आफ्नो सामान फिर्ता पाए । फेरि होटलमा गएर बस्न खर्च छैन । टिकटको पैसा फिर्ता आउँछ आउँदैन त्यो पनि ठेगान छैन । टिकट काटिदिने एजेन्ट पैसा फिर्ता गर्ने जिम्मेवारी आफ्नो नभएको भन्दै टकटकिएको छ ।’ चौधरीले भने । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

चर्चामा

सम्बन्धित समाचार