शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • झाडापखालाबाट सिंगो गाउँ नै प्रभावित

झाडापखालाबाट सिंगो गाउँ नै प्रभावित

  • शुक्रबार, जेष्ठ ३, २०७६
झाडापखालाबाट सिंगो गाउँ नै प्रभावित
पाल्पा । पाल्पामा झाडापखालाबाट सिंगो गाउँ नै प्रभावित भएको छ । जिल्लाको तिनाउ गाउँपालिका ४ बौरिडाँडामा मृत्यु भएका घरमा चोखिने दिनमा खाना खाएपछि सिंगो गाउँमा नै झाडापखाला सुरु भएको हो । सिमबहादुर ठाडाको घरमा मृत्यु भएको १३ दिनको चोखीने क्रममा खाना खाएपछि गाउँलेहरु बिरामी भएको स्थानीय दानीसरा आलेले जानकारी दिइन् । एउटै गाउँका ९५ बढी झाडापखालाका बिरामी परेका हुन । बिरामीमध्ये ११ जनाको अबस्था गम्भिर भएपछि लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार गराईएको छ । भने अन्य बिरामीको स्थानीय स्तरमै उपचार भईरहेको कोलडाडा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी रबिचन्द्र हरीजनले जनाए ।

चर्चामा

सम्बन्धित समाचार