शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • सिसी क्यामेरा छलेर घुस लिन्छन् मालपोतका कर्मचारी

सिसी क्यामेरा छलेर घुस लिन्छन् मालपोतका कर्मचारी

  • बिहिबार, जेष्ठ २, २०७६
सिसी क्यामेरा छलेर घुस लिन्छन् मालपोतका कर्मचारी

धनगढी, २ जेठ – जिल्ला मालपोत कार्यालय धनगढीको सेवा प्रवाह असहज बन्दै गएको सेवाग्राहीले गुनासो गरेका छन् । त्यहाँ कार्यरत कर्मचारीले सिसी क्यामेरा छलेर पैसा लिने गरेको र नदिए काममा ढिलासुस्ती गरेर सास्ती दिने काम भइरहेको सेवाग्राहीले आरोप लगाएका हुन ।

जग्गा नामसारीका लागि काठ्माडौंबाट आएका धनगढीका स्थानीय वीर बहादुर महताले लगातार दुई दिन धाएर मुस्किलले काम भएको गुनासो गरे । ‘कर्मचारी छैनन् भनेर कामै रोकिदिनु त भएन नि, उनले आक्रोस पोखे ।’

जनतालाई करको भार बोकाई दिएर सेवा दिने वेला चाहिँ यस्तो उस्तो भनेर जनता ठग्नु सरासर गलत हो ।’ कार्यालयमा सिसी टिभी क्यामेरा छलेर रकम लिने काम भइरहेको उनको आरोप छ ।

महता मात्रै होइनन्, मालपोतमा दैनिक पुग्ने सयौँ सेवाग्राहीले सहजै काम गर्न सक्ने वातावरण छैन । दैनिक कार्यालयमै धाएर घण्टौँ लाइन बस्नुपर्दा पनि काम नहुने समस्याले मालपोत कार्यालयमा पुग्ने सेवाग्राही आजित भएका छन् ।

‘हामीले के गर्ने हो भन्दा पनि कार्यालयको गेटमै गएर यो कामका लागी यति पैसा हो भन्छन्, एक जना सेवाग्रही शीतल साउदले भनिन् ।’ कार्यालय वा सम्बन्धित निकायले यसमा यथासक्य पहल गरिदिन उनिरुको माग छ ।

भ्रष्टाचारको आँकडा तयार पार्ने निकायको सूचीमा सबैभन्दा बढी भनसुन र भ्रष्टाचार हुने सरकारी निकाय मालपोत कार्यालय हो, भन्ने पुष्टि भइसकेको छ ।

तर नियमनकारी पक्षले भने यसमा चासो दिन सकेको छैन । जस कारण मालपोतको ढिलासुस्ती, भन्सुन र भ्रष्टाचार कम हुन नसकेको ट्रन्सपरेन्सी इन्टरनेसनल नेपालका केन्द्रीय सभासद् खेमराज पाण्डेयको भनाइ छ ।

‘यसका लागी माथिल्लो निकाय सजग हुन जरुरी छ,’ सभासद् पाण्डेयले भने, सेवा प्रवाहलाई कसरी सहज बनाउने भन्ने विषयमा कर्मचारीलाई तालीम, सेमिनार गोष्ठी आदि के गरेर हुन्छ सक्षम बनाउनु पर्छ ।’ मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत प्रेम सिंह कुँवरले सेवा प्रभाव सुधारको काम भइरहेको दाबी गरे ।

आफूले लेखापढी व्यवसाय गर्नेको नियमन देखि सेवाग्राहीको सहजतालाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए । ‘म सेवाग्राहीको सेवा प्रवाहलाई कसरी सहज बनाउने भन्ने विषयमा गम्भीर छु,’ मालपोत अधिकृत कुँवरले भने, तर कर्मचारी अभावले समस्या भइरहेको उनको भनाई छ ।

‘४१ जना कर्मचारीको दरबन्दी रहेको कार्यालयका १८ जना मात्रै कर्मचारी छन्, उनले भने’ त्यसमा पनि ४÷५ जना समायोजन भएर जानुभयो, त्यसले गर्दा सेवा प्रवाहमा समस्या भएको हो ।’

पटक पटकको अनुगन पश्चात पनि विचौलीयाको हालिमुहाली र कार्यालयको उदासिनताले सेवाग्राहीको अधिक चाप रहने मालपोत कार्यालयमा सर्वसाधारणले सहज रूपमा काम गराउन सकेका छैनन् ।

प्राविधिक कर्मचारी अभाव र सर्भर डाउन भएर पनि सेवाग्राहले सानो कामका लागी पनि कयौँ दिन धाउनु पर्ने बाध्यता छ ।  । यस विषयमा मालपोत कार्यालय र नियमन गर्ने विषयमा नियमकारी निकायले पनि सेवाप्रवाह सुधारको शीघ्र कदम चाल्न जरुरी छ ।

चर्चामा

सम्बन्धित समाचार