आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • विप्लव समूहको नेपाल बन्द : सुदूरपश्चिममा यातायात सेवा ठप्प

विप्लव समूहको नेपाल बन्द : सुदूरपश्चिममा यातायात सेवा ठप्प

  • बिहिबार, बैशाख ५, २०७६
विप्लव समूहको नेपाल बन्द : सुदूरपश्चिममा यातायात सेवा ठप्प

बडिमालिका समचार

बैशाख, ५

सरकार विरुद्ध संघर्ष गर्दै आएको विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्दको घोषणा गरेको छ। बन्दका कारण सुदूरपश्चिममा बिहानैदेखि यातायात सेवा सञ्चालन हुन सकेको छैन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले कैलाली कञ्चनपुर सहित सुदूरपश्चिमका पहाडी जिल्लामा समेत बिहानै देखि गाडीहरु नचलेको जनाएको छ। तर लामो दुरीका रात्रिकालीन गाडीहरु भने स्कटिङ गरेर पठाईएको प्रदेश ट्राफिक प्रहरीले जानकारी दिएको छ।  यातायात सेवा ठप्प भएपछि यहाँको जनजीवन प्रभावित भएको छ। विप्लव नेतृत्वको नेकपाले गत चैतमा विज्ञप्ती जारी गर्दै आज नेपाल बन्दको घोषणा गरेको थियो भने भोलीदेखि प्रधानमन्त्री केपी शर्मा ओली जाने ठाउँमा बन्द गर्ने जनाएको थियो।  सरकारले प्रतिबन्ध लगाएयता विप्लव समूहले संघर्षका कार्यक्रम गर्दै आएको छ।
दिनेश खबर बाट शाभार

चर्चामा

सम्बन्धित समाचार