शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • कर्णाली नदीमा तीन जनाको शव फेला

कर्णाली नदीमा तीन जनाको शव फेला

  • मङ्लबार, बैशाख ३, २०७६
कर्णाली नदीमा तीन जनाको शव फेला

पौडी खेल्ने क्रममा कर्णाली नदिमा वेपत्ता भएका कैलालीका एकजना सहित तीन जनाको शव फेला परेको छ। नयां वर्षमा घुम्न कोहलपुर गएका १९ वर्षीय दिपेन्द्र कार्की, कैलाली लम्कीका १९ वर्षीय प्रज्वल कोइराला र राजापुर नगरपालिका १० का ५५ वर्षीय ठगु चौधरीको शव फेला परेको प्रहरीले जनाएको छ।

उनीहरु कोठियाघाटस्थित कर्णाली नदीको भंगालो गेरुवा नदीमा आइतबार पौडी खेल्ने क्रममा वेपत्ता भएका थिए।  तीन दिन अघि नयाँ वर्ष मनाउन हिँडेका चौधरी बेपत्ता भएका थिए। उनको शव फेला परेको उद्दारमा संलग्न सशस्त्र प्रहरीका प्रमुख एसपी कृष्ण कोइरालाले बताए।
काठमाडौ र कुरिनटारबाट आएका गोताखोरले तीनैजनाको शव फेला पारेको हो। नदीमा छ जना पौडी खेलिरहेका थिए।

कोहलपुरका राजेन्द्र शाही, दाङ घर भई कोहलपुर बस्दै आएका देबेन्द्र थापा, कोहलपुरका दिनेश थारु र बर्दिया मानपुरटपराका अनुप केसी पौडी खेलेर ज्यान जोगाएका थिए। साभार – कान्तिपुर दैनिक

चर्चामा

सम्बन्धित समाचार