• होमपेज
  • देश/प्रदेश
  • आज पनि सार्वजनिक बिदा (विज्ञप्तीसहित)

आज पनि सार्वजनिक बिदा (विज्ञप्तीसहित)

  • सोमवार, बैशाख २, २०७६
आज पनि सार्वजनिक बिदा (विज्ञप्तीसहित)

काठमाडौं । प्रदेश नम्बर २ सरकारले सोमबार अर्थात आज प्रदेशभर सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले एक विज्ञप्ती जारी गर्दै सोमबार जुडशितल पर्वको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक विदा दिने घोषणा गरेको हो ।

आइतबार देशैभर सार्वजनिक बिदा थियो ।

मिथिलाञ्चलमा नयाँ वर्षलाई स्वागत गर्ने जुडशितल पर्व धुमधामसँग मनाउने गरिन्छ । यस पर्वमा रुख, विरुवाहरुमा पानी हाल्नुको साथै खेतमा मलजल गर्ने गरिन्छ ।

जुडशितलको दिन मिथिलाञ्चलमा थालपानी खेलिन्छ भने घरघरमा मिष्ठान्न परिकार बनाएर खाने चलन छ ।

चर्चामा

सम्बन्धित समाचार