शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • पिपल्ला बजार सरसफाई

पिपल्ला बजार सरसफाई

  • बिहिबार, चैत्र २१, २०७५
पिपल्ला बजार सरसफाई

माेहन पनेरू
दिपायल,चैत २१ –
डोटीको प्रमुख व्यापारी केन्द्र दिपायल स्थित पिपल्ला बजारमा फोहर भरीएको भन्दै यहाँको एसियल लाईफ ईन्सोरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय दिपायलले बिहिबार बजार सरसफाई गरेको छ । आफनो १२ औ स्थापना दिवसको अवर पारेर उक्त कम्पनीले बजार सरसफाई गरेको हो । पिपल्ला बजार बजारभरी फोहर तथा धुलोले कुरुप भएकाले आफुहरु बजार सरसफाई गर्नमा निस्किएको सो शाखाका प्रमुख तथा प्रबन्धक नवराज पण्डितले बताउनुभयो । उहाँले भन्नुभयो, “फोहरको थुप्रोले बजार पुरै दुर्गन्धित भएको थियो,हिड्न समेत समस्या भएकाले हामीले सरसफाई गरेका हौँ ।” उक्त बजार सरसफाई अभियानमा यहाँको उद्योग बाणिज्य सँघ,ईलाका प्रहरी कार्यालय दिपायल,जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायल,राष्ट्रिय बाणिज्य बैंक,महालक्ष्मी बैंक,स्थानिय व्यापारी,होटेल व्यवसायी संघ,पत्रकारहरुले बजार सरसफाई गरेपछि पिपल्लाबजार निकै सफा सुग्घर भएको छ । स्थानिय व्यापारीका पशलबाट निस्किने फोहर तथा सडकमा छोडिएका चौपायाका कारण यहाँको बजार जहिले पनि फोहर हुने गरेको स्थानिय मनमोहन पनेरुले बताउनुभयो । उहाँले भन्नुभयो, “व्यापारीहरु आफै फोहर गर्छन,व्यापारीले गरेको फोहर अरुले फालिदिनु पर्ने के चलन आयो ।” बजारमा निस्किने फोहर व्यवस्थापनकालागि यहाँको दिपायल सिलगढी नगरपालिकाले एक टयाक्टर तथा स्वीपर राखेपनि व्यापारीले जथाभाबी फोहर फाल्दा बजार र्दुघन्दित हुने गरेको स्थानियबासीको आरोप छ । बजरामा भएको फोहर बिगतका समयमा यहाँको नेपाली सेना,नेपाल प्रहरी लगायतका अन्य सरकारी कर्मचारी,स्कुल सँघ संस्थाले सफा गर्दै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार