शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • धनगढीमा करेन्ट लागेर २ जनाको मृत्यु

धनगढीमा करेन्ट लागेर २ जनाको मृत्यु

  • बुधबार, चैत्र २०, २०७५
धनगढीमा करेन्ट लागेर २ जनाको मृत्यु

धनगढी उप–महानगरपालिकामा करेन्ट लागेर २ जनाको मुत्यु भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ३ मिलनचौकमा पर्शुराम बानियाको घरमा करेन्ट लागेर २ जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नुहाउने क्रममा पानी तान्ने मोटरको तारबाट लागेको करेन्टले बानियका ५ बर्षिय छोरा आयुश बानिया र सोही घरमा डेरा गरि बस्दै आएका कैलारी गाउँपालिका कोईलही तालका छक्क चौधरीकी ५ बषीय छोरी अनामिका चौधरीको मुत्यु भएको हो।

बानियकाको माया मेट्रो अस्पताल र चौधरीको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

चर्चामा

सम्बन्धित समाचार