बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • सत्य तथ्य समाचार लेख्नुपर्छ : मन्त्री सुबेदी

सत्य तथ्य समाचार लेख्नुपर्छ : मन्त्री सुबेदी

  • बुधबार, चैत्र २०, २०७५
सत्य तथ्य समाचार लेख्नुपर्छ : मन्त्री सुबेदी

लक्ष्मीराज पाध्याय
बाजुरा २० चैत
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण प्रशाद सुवेदीले पत्रकारलाई सत्य तथ्य समाचार लेख्न आग्रह गरेका छन् । बाजुरा पुगेका मन्त्री पत्रकारसंगको अन्तरकृया कार्यक्रममा यस्तो बताएका हुन । मन्त्री सुबेदीले बिकासका सवालमा मन्त्रालय स्थानिय तहका जनप्रतिनिधीलाई घचघच्यान पत्रकारको तायित्व रहेको बताए । तर हुदै नभएका समाचार सम्प्रेशण नगर्न आग्रह गरेका छन् । पत्रकारको अस्तीत्वलाई धराप पार्नुका साथै पत्रकारलाइ हेर्ने दृष्टीकोण फरक हुने भएकोले यस्ता कुरामा ख्याल गर्नुपर्ने बताएका छन् । सुदुरपश्चिम प्रदेश स्थरिय मुख्यमन्त्री कपको कुरालाई जोड्दै जनतालाई भ्रम पार्ने समाचार नलेख्न अनुरोध गरेको हो मन्त्री सुबेदीले बताए । मुख्यमन्त्री कपको समाचारमा बिना तथ्य समाचार लेखेकोले यस्ता समाचारले जनप्रतिनिधी भन्दा पनी पत्रकारका पाठक, श्रोता र दर्शकलाई पनी अबिस्वासनीय बनाउनको साथै जनतामा नकरात्मक सोच जाने भएकोले त्यस्ता समाचार नलेख्न अनुरोध गरेका छन् ।
पत्रकार सम्मेलन मार्फत मन्त्री सुबेदीले बाजुरा मात्र नभएर सुदुर पश्चिमका सबै जिल्लाका सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहमा स्वास्थ्य र शिक्षालाइ बढी जोड दिने बताएका छन् । सामाजिक विकास मन्त्रालय ,सुदुरपश्चिम स्वास्थ निर्देशनालयको सबै जिल्लामा पत्रकार अन्तरकृया कार्यक्रम रहेकोले यसलाइ बाजुराबाट सुरुवाती भएको मन्त्री सुबेदीले बताएका छन् । नेपाल पत्रकार महासघं जिल्ला शाखा बाजुराले आयोजना गरेको  कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सु्वेदीले उक्त कुरा बताएका हुन् ।
बाजुरा जिल्लामा बिशेषज्ञ निःशुल्क स्वास्थ्य सिविरको उद्धघान गर्न बाजुरा पुगेका मन्त्री शुबेदीसंग पत्रकार भेटघाट तथा अन्तरकृया कार्यक्रम पनी गरिएको थियो । नेपाल पत्रकार महासघं बाजुरा शाखाको आयोजनामा गरिएको कार्यक्रमा सामाजिक बिकास मन्त्रालयबाट गरिएका कार्यक्रमहरुको समिक्षा तथा यसपछीको रणनितीका बारेमा पनी जानकारी गराईएको थियो । सामाजिक बिकास मन्त्रालयबाट विनियोजित योजना तथा बजेटका बारेमा मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुवरले जानकारी गराएका थिए ।
त्यस्तै शिक्षा र बिबिध बिषयमा सामाजिक बिकास मन्त्रालयका सचिव गोगन हमालले जानकारी गराएका थिय । कार्यक्रममा बोल्दै मन्त्री सुबेदीले देशकै मानब बिकास सुचाङ्कमा पछाडी पारिएको बाजुरालाई जहिल्यै पहिलो प्रथमिकता दिने प्रतिबद्धता समेत गरेका छन । यस अघिका कार्यक्रम तथा योजनामा बाजुरालाई नै पहिलो प्राथमिकतामा राखेको र यसपछी पनी पहिलो प्राथमिकतामा रहने बताएका छन् । नेपाल पत्रकार महासघं बाजुरा शाखाका अध्यक्ष प्रकाश सिहंको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको प्रमुख अतिथि सुदुर पश्चिम प्रदेशका सामाजिक बिकाश मन्त्री कृष्ण प्रशाद सुबेदी रहेका थिए । कार्यक्रममा मन्त्रालयका सचिव तथा अधिकृत लगायत मन्त्रालयको सिगों उपश्थिीती रहको थियो । कार्यक्रमको संचालन नेपाल पत्रकार महासघं बाजुरा शाखाका सचिव प्रेम बिकले गरेका थिए । कार्यक्रममा जिल्ला स्थित बिभिन्न संचार माध्याममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार