बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • धनगढी विमानस्थलमा धावनमार्ग र पार्कीङ क्षेत्र विस्तारको कार्य सुरु

धनगढी विमानस्थलमा धावनमार्ग र पार्कीङ क्षेत्र विस्तारको कार्य सुरु

  • मङ्लबार, चैत्र १९, २०७५
धनगढी विमानस्थलमा धावनमार्ग र पार्कीङ क्षेत्र विस्तारको कार्य सुरु

झण्डै १८ करोडको लगानीमा धनगढी विमानस्थलमा धावनमार्ग र पार्कीङ क्षेत्र विस्तारको कार्य सुरु हुँदै छ। त्रिभुवन विमानस्थल पछिको सवैभन्दा ठुलो धावनमार्ग रहेको धनगढी विमानस्थलमा धावन मार्ग र पार्कीङ क्षेत्र विस्तारका लागि ठेक्का सम्झौता भएको हो।

धनगढी विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको रुपमा विकास गरिनुपर्ने माग उठ्दै गएका बेला धावनमार्ग र पार्कीङ क्षेत्र विस्तारका लागि पनि निर्माण सुरु हुन लागेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले केन्द्रबाटै ठेक्का सम्झौता गरेपछि अव धावन मार्ग मर्मत, धावनमार्ग फराकीलो बनाउने कार्य र पार्कीङ क्षेत्र विस्तार गर्ने कार्य सुरु हुँदै छ। त्यस्को ठेक्का लुम्वीनी, कोषी एण्ड न्यौपाने, खड्का, कोईराला जेभी काठमाडौँले पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवन्धक तथा धनगढीमा निर्माण आयोजनाका प्रमुख रत्नवहादुर श्रेष्ठले बताए।

उनका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक बर्षभित्र सेवा सुधारका लागि धनगढी विमानस्थलमा विभिन्न काम गर्दै आएको छ। अहिले रात्रीकालीन र कम भिजिविलीटीमा पनि जहाज उडान र अवतरणका लागि अधिग्रहण गरिएको जग्गाको संरक्षण, तारवार र माटो भरानको काम अन्तिम चरणमा पुगेका वेला धावनमार्ग र पार्कीङ क्षेत्र विस्तारको योजना पनि अगाडी बढाईएको हो धनगढी विमानस्थलका प्रमुख तेजवहादुर बुढथापाले बताए।

नेपाल नागरिक उड्यान प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग छ। १७ करोड ८८ लाखमा अव धावनमार्गमा थप कालोपत्रे गरिने छ भने दुवैतर्फ २÷२ मिटर धावनमार्ग फराकिलो बनाउने योजना समेत रहेको छ।

यस्तै अहिले ३ वटा जहाज पार्कीङको व्यवस्था रहेकोमा अव थप एक जहाज पार्कीङ गर्न सक्ने गरि पार्किङ क्षेत्र विस्तार योजना रहेको छ। चालुआर्थिक बर्षमा धवनमार्ग वृद्धि, दमकलको सुविधा थप, एप्रोच लाईट र अन्य लाईटहरु थप, सञ्चार उपकरण वृद्धि, लगायतका सेवा थप र विस्तारको काम अगाडी वढिरहेको प्राधिकरणको दावी रहेको छ।

दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार