बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • हेलिकप्टर दुर्घटना १३ जना सैनिकको मृत्यु

हेलिकप्टर दुर्घटना १३ जना सैनिकको मृत्यु

  • शुक्रबार, चैत्र १५, २०७५
हेलिकप्टर दुर्घटना १३ जना सैनिकको मृत्यु

अल्माटी – कजाखस्तानको दक्षिण पश्चिममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा १३ जना सैनिकको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार बुधबार रुसमा निर्मित एमआई–८ हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । कजाखस्तानका नवनिर्वाचित राष्ट्रपति कास्सिम जोमार्ट टोकायेभले घटनाको छानबिन गर्न आदेश दिनुभएको छ ।एमआई हेलिकप्टरहरु यात्रुहरु र दुर्गम क्षेत्रहरुमा सामान ओसारपसार गर्न बढी मात्रामा प्रयोग हुने गर्दछ । तर पछिल्लो समय यी हेलिकप्टरहरु दुर्घटना हुनेक्रम बढेको छ ।गत वर्ष अगस्टमा साइबेरियामा यही मोडेलको हेलिकप्टर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो सोलुखुम्बु, १४ चैत : जिल्लाको फाप्लु विमानस्थलमा विमानको चाप बढेको छ । मौसम प्रतिकूलताका कारण तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लाका लागि आएका विमानसमेत ‘डाइभर्ट’ भई फाप्लु आउने गरेकाले यहाँ विमानको चाप बढेको हो ।करीब चार दिनदेखि खुम्बुको मौसममा खराबी आउँदा लुक्ला जाने विमान पनि फाप्लुमा अवतरण भएको नागरिक उड्डयन कार्यालय फाप्लुले जनाएको छ । नियमितरूपमा तीनदेखि चार वटा मात्र विमान आवतजावत हुने फाप्लु विमानस्थलमा हाल १२ देखि

१५ विमान अवतरण हुने गरेको छ । बुधबार मात्रै १२ विमानले उडान गरेका छन् । मौसममा आएको परिवर्तनले लुक्लाका लागि उडेका विमान फाप्लुमा अवतरण गर्नुपरेको फाप्लु विमानस्थलका प्रमुख प्रकाश शर्माले जानकारी दिनुभयो । फाप्लु ओर्लेका यात्रुलाई हावाको गति कम भएको समयमा लुक्ला पुयाउने कार्य भएकोसमेत उहाँको भनाइ छ ।बिहान लुक्ला विमानस्थलमा हिउँको थुप्रो लाग्ने र दिउँसो हावाको तीव्रता बढेकाले फाप्लुमा अवतरण गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले बताउनुभयोे । मौसम प्रतिकूलता भएपनि बुधबार लुक्ला विमानस्थलमा ४० वटा उडान भएको उहाँको भनाइ छ । अहिले हिमाल आरोहणको ‘सिजन’ शुरु भएकाले अधिकांश उडानबाट पर्यटक तथा हिमाल आरोही एवं सामग्री आउने गरेका छन् । खुम्बु क्षेत्रमा आरोहणको समय भएकाले लुक्लामा हवाई उडानको चाप बढेको बताइएको छ । लुक्लाको विकल्पमा सदरमुकाम नजिक रहेको फाप्लु विमानस्थल प्रयोग गर्ने गरिएको छ ।फाप्लु विमानस्थलमा अवतरण गराइएका केही पर्यटक गाडीमार्फत खुम्बुपासाङल्हामु गाउँपालिका–१ खरिखोलासम्म जीपमार्फत जाने गरेका छन् । खरिखोलादेखि नेपालीका लागि एक र विदेशीका लागि दुई ‘क्याम्प’मा लुक्ला पुग्न सकिने दलित समुदायका तर्फबाट पहिलो सगरमाथा आरोही विजय घिमिरे

विश्वकर्माले बताउनुभयो । (रासस)चौतारा, १४ चैत :राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएका माओवादी नेता नेत्रबहादुर चन्द ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ लाई सिन्धुपाल्चोक जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ ।जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले बाह्रबिसे नगरपालिका निवासी इन्द्रबहादुर ठकुरीलाई रु २५ हजार तथा अन्य १३ लाई जनही रु छ हजार धरौटीमा रिहा गर्ने आदेश गरेको हो । थुनामा रहेका रविता अधिकारी, हीरा खत्री र सविता श्रेष्ठलाई भने साधारण तारेखमा छाड्ने आदेश भएको स्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए ।उनीहरुलाई गत फागुन १८ गते चौतारा सागाचोकगढी नगरपालिका–१० कार्कीटारस्थित एक व्यक्तिको घरमा सुतिरहेको अवस्थामा बिहान २ बजे प्रहरीले छापामारी नियन्त्रणमा लिएको थियो । विभिन्न जिल्लाका चार महिलासहित १७ जनालाई राज्यविरुद्धको अपराधको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो । पक्राउ परेकाहरूबाट सैन्य तालीम गराउने कागजात, चन्दा सङ्कलन गर्ने लेटरप्याड, राज्यविरुद्धको पर्चा र पम्ल्पेटलगायत सामग्री बरामद भएको प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताए ।

चर्चामा

सम्बन्धित समाचार