बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रवास
  • मलेसियाको रोजगारी कस्तो छ? यस्तो भन्छन् मलेसियामा हुनेहरू

मलेसियाको रोजगारी कस्तो छ? यस्तो भन्छन् मलेसियामा हुनेहरू

  • शुक्रबार, चैत्र १५, २०७५
मलेसियाको रोजगारी कस्तो छ? यस्तो भन्छन् मलेसियामा हुनेहरू
‘विदेश आएर सन्तुष्ट छैन’ साजन पालले मलेसियाबाट पठाएको लेखमा यो बाह्य बोलेका थिए। हामीले त्यसलाई फेसबुक पेजमा प्रकाशित गर्‍यौँ। त्यसमा विभिन्न व्यक्तिहरूले विभिन्न खाले प्रतिक्रियाहरू दिए। प्रतिक्रिया दिनेमा धेरै जना मलेसियामै रहेकाहरू थिए। उहाँको लेखनमा प्रतिदयाको रूपमा आएका भए पनि तीनले त्यहाँ हुने नेपालीहरूको बोली र चिन्तालाई भनेँ बोकेको पाएकाले हामीले यहाँ प्रकाशित गर्ने सोचेका छौँ। साथै सरकारले अहिले बन्द रहेको मलेसियाको वैदेशिक रोजगारीलाई फेरी खुलाउने चर्चा चलिरहँदा नयाँ जाने मानिसहरूलाई वैदेशिक गन्तब्य छान्नुभन्दा पहिला सहयोग गर्ला भन्ने अपेक्षा गरेर पनि यसलाई प्रकाशित गरिएको हो। हेर्नुहोस् वहाँहरूको प्रतिकृया जस्ताको तस्तै।

लाल मान लिम्बू : हामी नेपालीहरूले वैदेशिक रोजगारीमा त जानै पर्छ। एकपल्ट त्यो दिन लाइ फर्केर हेरौँ त। सायद खाडीको बाटो नखोलिएको भए हामी त्यहीँ ठाउँमाहुने थियौँ। हाम्रो घर त्यहाँ नै हुने थियो। त्यही दुख। त्यही एक छाक खान र एक सरो कपडा लाउन सङ्घर्ष। वैदेशिक रोजगारीलाई जे जस्तो दुख सुख भए पनि हामीलाई नयाँ बाटो दिएको छ। जीवन गुजारा गर्न सजिलो हुँदैछ। खासै ठुलो उपलब्धि त भएको छैन तर म यसमा सन्तुष्टनै छु। दुखको कुरा त के छ भनेँ यति लामो समयमा पनि राज्यको ध्यान आफूतिर तान्न सकिएको छैन। दलालबिना वैदेशिक रोजगारीमा जान सकिने अवस्था आजसम्म पनि बनेन। फर्किँदा पनि इज्जत भएन। त्यत्रो रेमिट्यान्स पठाउने नेपालीहरूको इज्जत छैन। उल्टै तोरी लाउने भेर निरुत्साहित पारिन्छ।

मगर रविन : म पनि उहाँजस्तै पीडित र असन्तुष्ट छु। नेपालबाट आउने बेलामा २१६० रिङ्गिट तलब हुन्छ भनेर आएको यहाँ १७०० मात्र दियो। त्यो पनि धेरै नेपालीहरूको भन्दा धेरै नै होला तर पनि भनेको जस्तो समस्या यथावत् रहेको त्यसले देखाउँछ। त्यसमा पनि कोठा दिएको भनेर ५० काटिदिन्छ। हातमा पैसा अझै कम भयो। महिनामा १ दिन पनि छुट्टी छैन। दिनको १२ घण्टा काम लगाउँछ। कहिलेकाहीँ डबल ड्टुटी गर्न पाउँछ तर त्यस बेला पनि राम्रो पैसा दिँदैन। ३५ रिंगिट मात्र पाउँछ। म आएको १ वर्ष भयो तर अहिलेसम्म बिमा गरिदिएको छैन। बिरामी भयो भनेँ उपचार आफै गराउनुपर्छ। मैले गर्ने कम्पनीमा २४/ २५ जना मात्र वैधानिक छौँ। अरू त सबै अवैधानिक छदँ। १२० जना भन्दा धेरै मानिस अवैधानिक छन्। म कहाँ काम गर्ने साथीहरूको अहिले पनि लेबी काटिरहेको छ। लेबी पनि १०० धिराम भन्दा धेरै काट्छ। धेरै साथीहरूको पासपोर्ट पनि हातमा छैन। MBC जाऊ भन्दा पनि साथीहरू डराउँछन्। यहाँ अवस्था त्यति राम्रो छैन।

Kishor Chaudhary : जेजस्तो भयेनी सन्तुष्टनै भन्नु पर्‍यो। तर अर्काको देशमा जति बसेपनि आफ्नै देशको सम्झना झल्झली आउने रहेछ।  परिवारको याद त झन् हुने नै भयो। त्यसैले जति बस्न सकिन्छ त्यतिन्जेल बसिन्छ। त्यसपछि फर्किएर आफ्नै देशमा केही गर्ने हो साथीहरू।

Ramesh Ghimire : दलाल नै दलालले भरिएको देशबाट आएर मलेसियामा हामी जस्ता सोझा मान्छे कसरी सन्तुष्ट हुन सकिन्थ्यो र? नेपालको म्यानपावर बाट सुरुवात हुने यो ठग्ने,लुट्ने,र झुक्क्याउने काम मलेसिया बसुन्जेल चलिनै रहन्छ। झन् यो मलेसिया को सेक्युरिटी कम्पनी त ठग्ने र झुक्क्याउने मा १ नम्बर नै रहेछन्। कोही पनि साथीहरू सकेसम्म मलेसिया नआएकै राम्रो हुन्छ।

Paban Nischal : पराई घर र पराई देश कसलाई पो मन पर्छ र? सबैको यहाँ आउने आफ्नो आफ्नो बाध्यता छन्। महँगीले आकाश छुन लागेको देशमा १० हजार रकम सारै सानो भइसक्यो।

 

आर्थिक अवस्था सुधार्ने आशाका साथ विदेश पुग्ने साजन एक्लो व्यक्ति हैनन्। उनको जस्तो असन्तुष्टि धेरैका छन्। कतिको विदेश गएर राम्रो पनि भएको छ। हामीले यो क्षेत्रमा भएका सफलताका कथाहरू पनि पस्किरहेका छौँ। विदेशबाट फर्किएर नेपालमा व्यवसाय गरेका विभिन्न युवाहरूसँग गरिएको अन्तर्वार्ता हाम्रो युट्युब च्यानल http://bit.ly/shuvayatra बाट पनि हेर्न सक्नुहुन्छ। भिडियोहरू हेरेर सस्क्राइब पनि गरिदिनुहोला।

वैदेशिक रोजगारी सम्बन्धी थप लेखहरू पढ्नका लागि हाम्रो शुभयात्रा मोबाइल एप यो लिङ्कबाट डाउनलोड गर्नुहोस्: https://goo.gl/qoWBg8 वैदेशिक रोजगारीबारे जान्नुपर्ने धेरै कुराहरू यसैमा छन्।हाम्रो फेसबुक पेज हेर्नको लागि यो लिङ्क https://www.facebook.com/ShuvaGO/ मा जानुहोस्।

शुभयात्रा बलग पाेष्टबाट

चर्चामा

सम्बन्धित समाचार