शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • गुड नेवर्स इन्टरनेशनले २८ औँ स्थापना दिवस मनायाे

गुड नेवर्स इन्टरनेशनले २८ औँ स्थापना दिवस मनायाे

  • बिहिबार, चैत्र १४, २०७५
गुड नेवर्स इन्टरनेशनले २८ औँ स्थापना दिवस मनायाे

बडीमालिका खवर, बाजुरा १४ चैत्र
बाजुरा जिल्लामा कार्यरत अन्तराष्ट्रिय गैररसकारी संस्था गुड नेवर्स इन्टरनेशनलले आफ्नो २८ औँ स्थपना दिवस बिबिध कार्यक्रम गरी मनाएको छ । स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा कम्मल र बिरामीहरुका लागी फलफुल बितरण गरी मनाएको हो । गुड नेवर्स इन्टरनेशनल बाजुरा कार्यालयले बिगत केही बर्ष देखी जिल्लामा स्वास्थ्य, शिक्षा, बालबालिकाको लागी सहयोग पुग्ने कार्यक्रम गर्दै आएको छ । जिल्लामा शिक्षा क्षेत्र लगायत जिबिको पार्जन क्षेत्रमा पनी काम गर्दै आएको सस्थाका जिल्ला संयोजक खडक बोहराले बताए ।
सन् २०१३ देखी नै जिल्ला बिभिन्न गाउँपालिका नगरपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी, जिविकोपार्जन लगायतमा कार्य गरिरहेको अन्तराष्ट्रिय गैरसरकारी संस्था गुड नेवर्स इन्टरनेशनलले बिधालय निर्माण तथा खानेपानी निर्माणसम्मका कार्य गरिरहेको कार्यक्रम संयोजक बोहराले बताए । खप्तड छेडेदह गाउपालिका र बुढीगंगा नगरपालिकामा साझेदार संस्थामार्फत काम गरदै अाएकाे बताएकाे  बाेहराले बताए ।
जिल्ला सदरमुकाम मार्तडीमा एक कार्यक्रमका बिच कम्मल र फलफुल बितरण गरिएको बताएको छ । बडीमालिका नगरपालिका उपप्रमुख प्रमुख कबिता बिष्टको प्रमुख आथित्यमा जिल्ला अस्पताल बाजुराका बिरामीहरुलाई कम्मल र फलफुल बितरण गरिएको जिल्ला संयोंजक बोहराले बताएका छन् । जिल्ला अस्पतालमा भर्ना हुने बिरामीका लागी सधै प्रयोग गर्न कम्मल सहयोग गरिएको उनले बताए । कार्यक्रममा जिल्ला अस्पताल बाजुराका निमित्त प्रमुख डाक्टर रोहीत गिरीलाई कम्मल हस्तान्तरण गरिएको बताईएको छ ।
कार्यक्रममा गुड नेवर्स इन्टरनेशनलका पदाधिकारी बडीमालिका नगरपालिका उपप्रमुख कबिता बिष्ट पत्रकार लगाएको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार