शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • युवासंघ र वाईसिएलले दियो रवि लामिछानेलाई यस्तो चुनौती

युवासंघ र वाईसिएलले दियो रवि लामिछानेलाई यस्तो चुनौती

  • आइतवार, चैत्र ३, २०७५
युवासंघ र वाईसिएलले दियो रवि लामिछानेलाई यस्तो चुनौती

चर्चित पत्रकार रवी लामिछानेले नेकपा अध्यक्ष पुष्पकमल दाहालबारे गरेको टिप्पणीलाई लिएर अहिले विरोध सुरु भएको छ । सत्तारुढ दल नेकपा अध्यक्ष एवम पूर्व प्रधानमन्त्री दाहालले आफुलाई ज्यान मार्ने खत्तरा भएको प्रशंगलाई लामिछाने आफ्नो सिधा कुरा जनतासँग मार्फत बाहिर ल्याएका थिए । उनले विप्लवले केही दिन पहिले एनसेललाई लक्षित गरेर गरेको आक्रमणमा एक जना मारिदा चिन्ता नभएको तर आफुलाई मार्ने कुरा आएपछि चर्चा गरेको भन्दै आलोजना गरेका थिए । उनले छोरीलाई मेयर, बुहारीलाई मन्त्री र पत्नीलाई अमेरिका लैजान लागेको भन्दै हिजोका सर्वहारा नेताहरुको जीवनशैली राजाको भन्दा कम नभएको भन्दै विरोध जनाएका थिए ।

यसै विषयलाई लिएर अहिले नेकपा भातृ संगठन युवा संघ र वाइसीएलले विरोध जनाएको हो । युवा संघ अध्यक्ष रमेश पौडेलले फेसबुकमा स्टाटस राख्दैं यस्तो लेखेका छन् । हेर्नुहोस् फेसबुक स्टाटस जस्ताको तस्तैं, ‘हाम्रो पार्टी अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सन्दर्भमा रवि लामीछानेले बोलेका कुरा भर्त्सना योग्य छ ।

उनको यो अभिव्यक्तिलाई लिएर सरकारले निजलाई कार्वाहीको दायरामा ल्याउन हामी माग गर्दछौं । पत्रकारको खोलमा मच्चाउने छाडा तन्त्र र अराजकतालाई नियन्त्रण गर सरकार । यस्तो बिषय प्रेस स्वतन्त्रता हुन सक्दैन ।’ त्यस्तैं वासीयल अध्यक्ष राम प्रसाद सापकोटाले अर्को स्टाटस राखेका छन् । उनले यस्तो लेखेका छन् ;

‘पत्रकार नामको एक ञपेटिकोट लम्पट’ ले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डबारे जे अभिव्यक्ति दिए त्यो खेदजन्यमात्रै छैन माफियोग्य समेत छैन । कृष्णलीलाभक्त लामिछानेप्रति साईबर अपराध अन्तर्गत कारवाही गर सरकार !’

चर्चामा

सम्बन्धित समाचार