शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • तिमिल्सेना समाजको तेस्रो अधिबेशन सम्पन्न

तिमिल्सेना समाजको तेस्रो अधिबेशन सम्पन्न

  • शनिबार, चैत्र २, २०७५
तिमिल्सेना समाजको तेस्रो अधिबेशन सम्पन्न

बडीमालिका समाचार
बाजुरा २ 
तिमिल्सेना समाज नेपाल बाजुरा शाखाको तेस्रो अधिबेशन सम्पन्न भएको छ । समाजले आजै एक औपचारीक कार्यक्रमका बिच अधिबेशन सम्पन्न गरेको हो ।
समाजको तेस्रो अधिबेशनबाट भानुभक्त पाध्याय ( तिमिल्सेना) को अध्यक्षतामा एघार सदस्यीय समिति गठन समेत गरेको छ । पारिवारीक एकतालाई सुदृढीकरण गर्ने उदेश्यले समाजको गठन गरिएको बताएको छ । समाजको अधिबेशनको अबसरमा जिल्लामा स्थानिय तहको निर्बाचनबाट निर्बाचित स्थानिय तहका जनप्रतिनिधी धर्मराज पाध्याय, बिरबहादुर हमाल लगायतका तिमिल्सेना समाजबाट भएका जनप्रतिनिधीलाइ खादा ओडाएर सम्मान समेत गरेको छ ।


तिमिल्सेना समाजका अध्यक्ष शुभराज पाध्यायको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको प्रमुख अतिथि तिमिल्सेना समाजका केन्द्रीय सदस्य दिर्घराज पाध्याय रहेका थिए । कार्यक्रममा बडीमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्याय र वडा न ९का वडा सदस्य बिरबहादुर हमाल बिशिष्ठ अतिथि रहेको कार्यक्रमको संचालन समाजका सचिव शिबलाल तिमिल्सेनाले गरेका थिय । कार्यक्रममा जिल्ला भरी तिमिल्सेनाको सहभागीता रहेको समाजका निर्बतमान अध्यक्ष शुभराज पाध्यायले बताएको छ ।
नेपालमा छरिएर रहेका तिमिल्सेनाहरु एक ठाउँमा आउँ भन्ने मुल नाराका साथ अधिबेशन गरिएको समाजका निर्बमान सचिव शिबलाल तिमिल्सेनाले बताएका छन । समाजले आजै भानुभक्त पाध्यायको अध्यक्षक्ष रहने गरी ११ सदस्यीय समितिमा उपाध्यक्ष शान्ती तिमिल्सेना, कोषाअध्यक्ष श्रीचन्द पाध्याय, सचिव उमाकान्त पाध्याय, सह सचिव लक्ष्मीराज पाध्याय, सदस्यमा पार्बती पाध्याय, गोपालराज उपाध्याय, देवराज पाध्याय, भोजराज पाध्याय, देबराज पाध्याय र मुकुन्दराज पाध्याय रहेका छन ।


त्यसै गरी केन्द्रीय प्रासदमा शुभराज पाध्याय, दिर्घराज पाध्याय, संकर तिमिल्सेना, धर्मराज पाध्याय, बिर बहादुर हमाल , दिर्घराज पाध्याय, भानुभक्त पाध्याय र लक्ष्मीराज पाध्याय रहेका छन । समितिको सल्लाहकार समितिमा शुभराज पाध्याय संरक्षक, शिबलाल पाध्याय प्रमुख संरक्षक सदस्यमा हिरालाल पाध्याय,शिबलाल तिमिल्सेना र शकंर तिमिल्सेना रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार