शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रवास
  • राष्ट्रपति भण्डारीले आज राष्ट्रसंघको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै, यस्ताे छ कार्यतालिका

राष्ट्रपति भण्डारीले आज राष्ट्रसंघको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै, यस्ताे छ कार्यतालिका

  • मङ्लबार, फाल्गुन २८, २०७५
राष्ट्रपति भण्डारीले आज राष्ट्रसंघको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै, यस्ताे छ कार्यतालिका

फागुन २८, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संयुक्त राष्ट्रसंघीय आयोग सीएसडब्लु को ६३ औँ बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ । भण्डारीले ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्बोधनपछि राष्ट्रपति भण्डारी उच्चस्तरीय गोलमेच बैठकमासमेत सहभागी हुने कार्यक्रम छ । उहाँले राष्ट्रसंघका महासचिव एण्टोनियो गुटरेस र अध्यक्ष ग्रेसेससँग शिष्टाचार भेट गर्नुहुनेछ । त्यस्तै राष्ट्रपति भण्डारीले मंगलबार बेलुका स्टोनियाका राष्ट्रपति, क्रोयसियाका राष्ट्रपतिलगायतसँग पनि भेटवार्ता गर्दै हुनुहुन्छ ।

राष्ट्रपति भण्डारी संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले सोमबार साँझ आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभएको थियो । गएको आइतबार अमेरिका गएको राष्ट्रपति भण्डारी नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चैत १ गते स्वदेश फर्कने कार्यक्रम छ ।

चर्चामा

सम्बन्धित समाचार