बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • योजना बिना सड्क, डेढ लाख भन्दा बढी बिरुवा फडानी हुदै

योजना बिना सड्क, डेढ लाख भन्दा बढी बिरुवा फडानी हुदै

  • आइतवार, फाल्गुन २६, २०७५
योजना बिना सड्क, डेढ लाख भन्दा बढी बिरुवा फडानी हुदै

बडीमालीका खबर
बाजुरा, २६ फागुन
बाजुरा जिल्लामा स्थानिय तहले निर्माण गर्दै आएका सड्कहरु योजना विना सञ्चालनमा हुदै आएका छन् । बातावरणीय प्रभाब मुल्याङ्कन गरेर मात्र सड्क निर्माण गर्नु पर्ने भएपनि योजना विना नै सड्क निर्माण भइरहेका छन् ।
उपभोक्ता समिति होस वा ठेक्का मार्फत होस कुनै पनि योजना नबनाएर सड्क निर्माण भइरहेका छन्, नागरिक समाजका अगुवा जनेश भण्डारीले वताएका छन् । प्राबिधिकले सहि स्टमेट नै नगरेर डोजर प्रयोग भइरहेका छन् । बाजुराका नौ वटै स्थानिय तहमा निर्माण हुन लागेका सड्कहरु योजना बिना निर्माण हुन लागेका छन् ।
बुढिन्नदा नगरपालिका वडा नम्बर ३ र ४ मा पर्ने बछौन देखी घोडाकोट सम्मको सड्क पनि योजना बिना निर्माण हुन लागेको उपप्रमुख सृष्टि रेग्मिले वताएकि छन् । वातारवरणीय प्रभाब मुल्याङ्कन गरेर मात्र ठेक्का गर्नुपर्ने भएपनि अध्ययन बिना नै काम शुरु गर्न लागिएको उनले वताएकि छन् । आफुहरुले भन्दा नगरपालिकाले नसुनेको आरोप समेत लगाएकि छन् ।
वडा नम्बर ४ का अध्यक्ष राजन रोकायाले भने बछौन देखी घोडाकोट सम्म डेढ देखी २ लाख सम्म बिरुवा फडानी हुने वताए । सड्क खण्डको करिब ८ किलोमिटर खण्डमा पुरै जंगल मात्र पर्ने गरेको उनले वताए । स्थानिय, सामुदायिक उपभोक्ता समिति, समुह र आफुहरुको सहमति बेगर नै सड्क निर्माण हुन लागेको रोकायाले वताए । कनका सुन्दरी सामुदायिक बन उपभोक्ता समितिले बन फडानी हुने भन्दै तत्काल सड्क निर्माण रोकका लागि इलाका बन कार्यलयमा निबेदन समेत दिएको छ । समितिका सचिब जंग बोहाराले भने धेरै बिरुवा फडानी हुने भएकाले तत्काल सड्क रोक्न माग गरेको वताए ।
बुढिन्नदा नगरपालिका निमित्त कार्यकारीले भने पारम्भिक बाताबरण मुल्याङ्कन भइरहेको वताए । योजना सम्झौता भइसकेको छ, रिपोट नआउदा सम्म काम रोक्ने वताएका छन् । यो आर्थिक बर्षमा ८० लाख रुपैया रकम बिनियोजन भएको थियो । उक्क्त रकमको ठेक्का खोलेको थियो । एल बि कन्ट्रसनले मिलोमतोमा ठेक्का पाएको थियो । ठेकेदारले भने सम्झौता भइसकेको केही दिनमा काम शुरु गर्ने वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार