शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • महोत्सवको दोस्रो दिन दुर्गेस र देवानीले हल्लाए

महोत्सवको दोस्रो दिन दुर्गेस र देवानीले हल्लाए

  • शुक्रबार, फाल्गुन २४, २०७५
महोत्सवको दोस्रो दिन दुर्गेस र देवानीले हल्लाए

बडीमालिका समाचार
बाजुरा २४ फागुन
लामो समयपछि मार्तडी गीत संगीतमा झुमेको छ । बडिमालिका कला केन्द्रले आयोजना गरेको बडिमालिका साँस्कृतिक कार्यक्रममा कलाकारहरुले दिएका प्रस्तुतीमा दर्शकहरु खुलेरै रमाएका छन् ।


दास्रो दिन चर्चिच कलाकार दुर्गेश थापा, गायिका अमृता लामिछाने मोडेल देवानी कुवँर लगायतका कालकारले प्रस्तुती दिएका थिए । यूवाहरु माझ लोकप्रिय कलकारहरुको प्रस्तुतीमा दर्शकहरु मस्त रमाइरहेका थिए । कार्यक्रममा दुर्गेश थापा र गायिका अमृता लामिछानले आफुले गाएका र नाचेका गितसंग बाजुराका युवाहरुले रमाइलो गरिरहेका थिए ।
पहिलो दिन भन्दा पनी दोस्रो दिन दर्शको पनी उल्लेख्य सहभागीता रहेको आयोजकले बताएको छ । पहिलो दिन ६ सय टिकट बिक्री गरेको आयोजकले दोस्रो दिन १ हजार ७ सय भन्दा बढी टिकट बिक्री गरेको बताएको छ ।


आयोजकका अनुसार आज भन्दा बढी टिकट तेस्रो दिनमा बिक्री हुुने अनुमान गरेको छ पहिलो र दोस्रो दिन भन्दा बढी तेस्रो दिन रोचक कलाकारहरुको प्रस्तुती रहने भएकाले दर्शकको उपस्थिती बढी हुने अनुमान गरेको छ । कार्यक्रमको तेस्रो दिन कार्यक्रममा चर्चित कलाकार टंक बुढाथोकी, मेक्सम खाती, मधुसुदन डाँगी, अशोक दर्जी, ए.आर बुढाथोकीको प्रस्तुती रहने भएको छ । प्रथम बडीमालिका साँस्कृतिक कार्यक्रममा बाजुराबासीलाई मनोरन्जनका साथै बाजुराको पर्यटन प्रबद्धन र साँस्कृतीको जगेर्ना गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको हो । जिल्लाका मौलिक सँस्कृति भोटे सेलो, भुवा चाली, देउडागीत, अनन्ते लगायत साँस्कृतिक झाँकीहरु देखाउने गरिएको छ।


बाजुराको कला संस्कृतिको जगेर्ना, पर्यटन प्रर्वद्धन गर्नका लागि बडीमालिका साँस्कृतिक कला केन्द्र मार्तडी बाजुराको आयोजना र ब्राण्डरुट ईन्टरटेनमेन्ट प्रालि तथा वान.वे फिल्मस प्रालि काठमाण्डौंको सह–आयोजनामा हिजोदेखी कार्यक्रम सुरु गरिएको प्रचार प्रशार समिति संयोजक मदन बिकले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार