शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • महाशिवरात्री तथा सेना दिवसको अबसरमा मन्दिर सरसफाई (भिडीयाे सहित)

महाशिवरात्री तथा सेना दिवसको अबसरमा मन्दिर सरसफाई (भिडीयाे सहित)

  • शनिबार, फाल्गुन १८, २०७५
महाशिवरात्री तथा सेना दिवसको अबसरमा मन्दिर सरसफाई (भिडीयाे सहित)

बडीमालिका समाचार


बाजुरामा रहेको समजित गुल्म थापाथली ब्यारेकले महाशिवरात्रीको अवसर पारी मन्दिर सरसफाई गरेको छ । महाशिवरात्री तथा सेना दिवसको अवसरमा फागुन आज बडीमालिका मन्दिर बृहत सरसफाई गरेको हो । महाशिबरात्रीको अवसरमा एकादशीका दिनदेखी बिबिध कार्यक्रम रहेका छन । हिन्दु धर्मालम्वीहरुको पर्वका रुपमा रहेको उक्त दिन समरजीत गुल्म थापाथलीले व्यारेकले खेलकुद र सरसफाई कार्यक्रम गरी मनाउने नेपाली सेना बाजुराका गुल्मपति प्रलाह्द घलेले जानकारी दिएका छन् ।


उनले दिएको जानकारी अनुसार महाशिवरात्री तथा सेना दिवसको अवसरमा फागुन आज बडीमालिका मन्दिर बृहत सरसफाई गरेको हो ।
भलिवल र दौड खुला प्रतियोगिता भएका कारण इच्छुकहरुले सहभागिता जनाउन पाउने गुल्मपति घलेको भनाइ रहेको छ । आज बिहान गरिएको सरसफाई अभयिानमा नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी र उद्योग बाणिज्य संघ समेत सहभागीता रहेको गुल्मपती घलेले बताएका छन ।


यस ैगरी १९ गते बडीमालिका मैत्री भलिबल प्रतियोगिता र २० गते पाँच हजार मिटर दौड प्रतियोगिता संचालन गरिने गुल्मपति घलेले बताए । उनले भने महाशिवरात्री तथा सेना दिवसको अवसरमा आयोजना गरिने सरसफाई र खेलकुदका कार्यक्रममा सबैले भाग लिन पाउने बताएका छन् ।

भिडीयाे किलिक गर्नुहाेस

https://www.youtube.com/watch?v=pTCfCGUxSx4&feature=youtu.be

 

चर्चामा

सम्बन्धित समाचार