बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • बिन लादेनका छोराबारे सुचना दिनेलाई १० लाख डलर पुरस्कार

बिन लादेनका छोराबारे सुचना दिनेलाई १० लाख डलर पुरस्कार

  • शुक्रबार, फाल्गुन १७, २०७५
बिन लादेनका छोराबारे सुचना दिनेलाई १० लाख डलर पुरस्कार

संयुक्तराज्य अमेरिकाले अल–कायदका संस्थापक ओसामा बिन लादेनका छोरा हाम्जाका बारेमा सुचना दिने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । लादेनका छोरा हाम्जा बिन लादेन आतङ्कवादी काममा संलग्न रहेको अमेरिकाले दाबी गर्दै आएकाे छ । “जिहादका युवराज” समेत भनेर चिनिने हाम्जा पाकिस्तान, अफगानिस्तान, सिरिया वा इरानमध्ये कुनै एक देशमा लुकेर बसेको अनुमान गरिएको छ ।

“हाम्जा अहिले अल–कायदा समूहका नेताका रुपमा स्थापित भएकाे देखिएको छ,” अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विदेश मन्त्रालयले हाल हाम्जा रहेको मुलुकको नाम र ठेगाना बारे सुचना दिने व्यक्तिलाई अमेरिकाले १० लाख पुरस्कार दिने जनाएको हाे । करिब ३० वर्ष उमेर रहेका हाम्जाले सन् २०११ मा गरिएको आफ्नो बुबाको हत्याको बदला लिने बताउँदै आएका छन् । सर्वाधिक खोजीमा रहेका बिन लादेनलाई अमेरिकी विशेष फौजले पाकिस्तानी शहर अबोटाबादमा हत्या गरेको थियो ।

अमेरिकी गुप्तचर निकायले हाम्जामाथि निगरानी बढाएको र अमेरिकाका निम्ति सुरक्षा खतरा रहेको बताएका छन् । उनले सन् २०१५ मा एक अडियो सन्देश जारी गरी सिरियाका जिहादीहरुलाई एकताबद्ध हुन आग्रह गरेका थिए । आफ्ना पिताले झैं हाम्जाले पनि साउदी अरेबीयाको नेतृत्व अपदस्थ गर्नु पर्ने बताउँदै आएका छन् ।

ओसामा बिन लादेनका तीन श्रीमती र छोराछोरीलाई साउदी अरेबियामा आश्रय दिइएको छ । तर हाम्जाका बारेमा केही जानकारी आउन सकेकाे छैन ।

चर्चामा

सम्बन्धित समाचार