शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • खेलकुद
  • डिपि एल द्वारा धनगढीका पत्रकारहरुलाई साकेंतिक बहिस्कार

डिपि एल द्वारा धनगढीका पत्रकारहरुलाई साकेंतिक बहिस्कार

  • शुक्रबार, फाल्गुन १०, २०७५
डिपि एल द्वारा धनगढीका पत्रकारहरुलाई साकेंतिक बहिस्कार

धनगढी प्रिमियर लिगं (डि पी एल) को तेश्रो संस्करण धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा सञ्चालित छ । २०७२ सालमा एस पि ए कपबाट धनगढीमा ठुला क्रिकेट प्रतियोगिताको शुरुवात गरेका शुवास शाहीले धनगढी प्रिमियर लिगको तेश्रो संस्करण सफल पार्न गइरहेका छन् । एस पि ए कपदेखी (डि पी एल) को तेश्रो संस्करणसम्म धनगढीका पत्रकारहरुको पुर्ण साथ पाएका शाहीले बिस्तारै यस क्षेत्रका पत्रकारहरुको योगदानलाई बिर्षिदै गएका छन् ।

(डि पी एल)को दोश्रो संसकरणबाट यस क्षेत्रका पत्रकारहरुभन्दा शाहीले काठमाण्डौाका पत्रकारहरुमा पुर्ण लगानी गरिरहेका छन् । हुनत धनगढीका पत्रकारहरुमा कुनै खर्च गर्नुपर्ने अवस्था छैन । मात्र उनिहरुलाई प्रतियोगितामा सम्मान चाहिएको हुन्छ । सामान्य प्रतियोगिताबाट आइसिसि मान्यता प्राप्त प्रतियोगिता धनगढीमा हुँदा सबैभन्दा बढी खुशी हुने यस क्षेत्रका पत्रकार होलान तर, प्रतियोगिताको रिपोटिङका लागी स्थानिय पत्रकारले पास समेत पाएनन् । (डि पी एल) को पास, टिसर्ट, टोपी स्थानिय पत्रकारहरुलाई दिइरहेका थिए तर, एक मिडियाको एउटा पत्रकारलाई मात्रै पास, टिसर्ट, टोपी पाइन्छ रे, दिनदिनै एउटै पत्रकार कसरी रिपोटिङमा जाला त यो आयोजकले सोच्न सम्म सकेन ।

(डि पी एल) ३ को तयारी भइरहेका बेलापनि काठमाण्डौँमा मात्रै पत्रकार सम्मेलन गरिए । प्रतियोगिताको अन्तिम चरणमा काठमाण्डौाका पत्रकार समेत धनगढी पुगिसकेपछि मात्रै धनगढकिा पत्रकारहरुलाइपनि बोलाएर पत्रकार सम्मेलन गरियो । धनगढीका अग्रज पत्रकारहरुलनैे (डि पी एल) बहिस्कार गरौँ त भनेकै हुन्, फेरी आफ्नो ठाउँमा भइरहेको प्रतियोगिताको बिरोध गर्नु ठिक हुँदैन भनेर प्रतियोगितालाई सफल बनाउनमा लागे । प्रतियोगिताको केही पत्रकार सम्मेलन संगै प्रतियोगिता उद्घाटनमापनि धनगढीका पत्रकारहरुको कुनै मुल्याङ्कन भएन ।

रिपोटिङका लागी समेत पास नपाएका पत्रकारहरुले म्याच हेर्न कहाँबाट पास पाउँथे । काठमाण्डौँबाट ल्याइएका पत्रकारहरुका लागी बस्न खानको व्यवस्ता थियो । दिउँसोको खाना खेल मैदानमै पाउँथे ति पत्रकारहरुले, कहिले काहीँ धनगढीका पत्रकारपनि भोकै हुन्थे र खानाको लागी सोधेपनि पाउँदैन भन्ने जवाफ पाइन्थ्यो, र धनगढीका पत्रकारहरुले खाना नखाएरपनि प्रतियोगिताको रिपोटिङ गरे ।

(डि पी एल) ३ को सबै गतिबिधी हेर्दा धनगढीका पत्रकारहरुलाई (डि पी एल)ले बहिस्कार गरेको छ । र अन्तमा शुक्रबार फाइनल खेलका लागी गरेको पत्रकार सम्मेलनमा देखिनेगरी धनगढीका पत्रकारहरुलाई बहिस्कार गरेको छ । २ बजेर १५ मिनेटमा पत्रकार सम्मेलन हुने खबर पाएपछि २ बजेर १५ मिनेट देखी २ ः ३० सम्म फाप्ला क्रिकेट मैदानमा पुगेका स्थानिय पत्रकारले उत्तिकै फर्किनु परेको थियो । धनगढीका पत्रकारहरुलाई २ ः १५ मा पत्रकार सम्मेलन भनेर आयोजकले काठमाण्डौँका पत्रकार राखेर २ ः १५ मा पत्रकार सम्मेलन सम्पन्न गरिसकेको थियो । धनगढीका पत्रकार मैदानमा पुग्दा काठमाण्डौाका पत्रकार समेत क्यामेरा समातेर फर्किसकेका थिए । त्यहाँ रहेका केही व्यक्तीहरुलाई पत्रकार सम्मेलनका बारेमा सोध्दा १५ मिनेट अघीनै पत्रकार सम्मेलन सकिएको जवाफ दिएका थिए ।

काठमाण्डौँबाट प्रतियोगिताका लागी धनगढी ल्याइएका पत्रकारहरुलाई खान बस्न, संगै टुरको व्यवस्ता गरेको धनगढी प्रिमियर लिगंले धनगढीका सबै पत्रकारहरुलाई गेट पासको समेत व्यवस्था नगर्दा धनगढीका पत्रकारहरु आक्रोसित भएका छन् । धनगढीका पत्रकारहरुलाई यसरी आयोजकले बहिस्कार गरेपनि उनिहरुले आगामी संस्करणमा सहयोग समेत नगर्ने बताइरहेका छन् ।

गत बर्ष के भयो
धनगढी प्रिमियर लिगको दोश्रो संस्करणमापनि केही बिबाद आएको थियो । गत बर्षपनि काठमाण्डौँबाट ल्याइएका पत्रकारहरुलाई मात्रै महत्व दिएर धनगढी प्रिमियर लिगंले कैलालीको चिसापानी घुमाउन लगेको थियो । उनिहरुलाई यत्रो लगानी गरिरहँदा धनगढीका सबै पत्रकारहरुलाई गेट पास सम्म उपलब्ध नहुँदा पत्रकारहरु खिन्न भएका थिए ।

STATE7ONLINE बाट

चर्चामा

सम्बन्धित समाचार