शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • खेलकुद
  • अत्तरिया डीपीएल क्रिकेटको फाइनलमा

अत्तरिया डीपीएल क्रिकेटको फाइनलमा

  • बुधबार, फाल्गुन ८, २०७५
अत्तरिया डीपीएल क्रिकेटको फाइनलमा

८ फागुन, काठमाडौं । सीवाईसी अत्तरिया धनगढी पि्रमियर लिग (डीपीएल) क्रिकेटको फाइनल प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो क्वालिफायर काठमाडौं गोल्डेन्सलाई ४१ रनले पराजित गर्दै अत्तरिया डीपीएल क्रिकेटको पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । लिग चरणको अन्तिम खेलमा पनि अत्तरियाले काठमाडौंलाइ७ विकेटले हराएको थियो ।

ड्रिम फाप्ला मैदानमा १११ रनको सामान्य चुनौती पछ्याएको काठमाडौं १८.३ ओभरमा सबै विकेटको क्षतिमा ६९ रनमै समेटियो । काठमाडौंका कुनै पनि ब्याट्सम्यानले उच्च स्कोर बनाउन सकेनन् । गौरभ तमोरले २६ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल र योगेन्द्रसिंह कार्कीले समान ११-११ रन बनाए ।

काठमाडौंले २.३ ओभरमा एक रन बनाउँदा पहिलो विकेटको रुपमा अनिलकुमार शाहलाई गुमाएको थियो । ४.२ ओभरमा १३ रन हुदा कप्तान मल्ल आउट भएसँगै काठमाडौं दबावमा आएको थियो ।

बलिङतर्फ सन्नी पटेलले तीन, र कमलसिंह ऐरी र भुवन कार्कीले समान २-२ विकेट लिए । कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा मात्र आठ रन खर्चेर एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११० रन बनाएको थियो । अत्तरियाका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३३ रन बनाएका थिए । त्यस्तै, सन्नी पेटलले २८ रन बनाउदा शुभेन्दु पाण्डेले १६ रन बनाएका थिए ।

बलिङतर्फ सूर्य तामाङ र अंकित दबासले समान २-२ विकेट लिए ।

विजेता टिम अत्तरिया फाइनलमा पुग्दा काठमाडौंलाई दोस्रो क्वालिफायरको खेल खेल्दै फाइनल पुग्ने अवसर छ । महेन्द्रनगर युनाइटेड र रुपन्देही च्यालेन्जर्सबीच इलिमिनेटरमा प्रतिस्पर्धा हुदैछ । दुई टिमबीचको विजेतासँग काठमाडौं गोल्डेन्सले फाइनल प्रवेशका लागि खेल्नेछ । अनलाइृन खवरबाट

चर्चामा

सम्बन्धित समाचार