शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • पर्यटकीय गन्तव्य पोरखे यात्रा सम्पन्न ( फोटो फिचर)

पर्यटकीय गन्तव्य पोरखे यात्रा सम्पन्न ( फोटो फिचर)

  • बिहिबार, फाल्गुन २, २०७५
पर्यटकीय गन्तव्य पोरखे यात्रा सम्पन्न ( फोटो फिचर)

बाजुरा फागुन
वषौँसम्म ओझेलमा परेको बाजुराको बडिमालीका नगरपालिका स्थित पोरखे लेख पर्यटकीय गन्तव्य बन्ने सम्भावना रहेको छ । पोरखे लेखसम्म सडकको पहुँच पुग्न थाले पछी अहिले यस क्षेत्रमा आन्तरिक पर्यटकको आकर्षकको केन्द्र बन्न पुगेको छ । प्राकृतिक सुन्दरताले भरिएको, हरियो जंगल आसपास रहेको, बाजुराकै अग्लो त्रिशूल रहेको यस क्षेत्रलाई हाल पोरखे लेख नामले समेत चिनिने गर्दछ । ऐतिहासिक गढीका रुपमा रहेको यस क्षेत्रमा बाजुराकै अग्लो कालाजग्रा सन्तोषी माता, गुफाताल रहेका छन । कालाजग्रा मन्दिर लगायतका धार्मिक स्थलसमेत रहेकाले यो क्षेत्र धार्मिक तथा पर्यटकीय गन्तव्यस्थल समेत बन्दै गएको स्थानीयले बताउने गरेका छन ।


कालाजग्रा गुफा ताल तथा पोरखे लेखलाइ पर्यटकिय क्षेत्र बनाउने उद्धेस्यले बडिमालिका नगरपालिकाले पनी कार्यक्रमको तय गरेको छ । फागुन २ गते सो क्षेत्रमा गएर अध्यायन तथा भम्रण गरी पर्यटन क्षेत्रको प्रचार प्रशार गरेको छ । भम्रणमा पत्रकार, गैरसरकारी संस्था उद्योग बाणिज्य संघ शैक्षिक संस्था राजनैतिक दल लगायतको उपस्थिती रहेको वडीमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।
कार्यक्रममा जिल्ला स्तिथ सरोकारवाला निकायहरुको सहकार्यमा त्यस क्षेत्रको स्थानिय उत्पादनको प्रबद्धन र गन्तय पोरखे भनेर कार्यक्रमको तयारीका साथ फागुन २ गते बिहान ८ बजे भ्रमण टोली प्रस्थान गरेको थियो ।


पोरखे लेखमा यतीबेला हिउँ समेत जमेकोले त्यहाँ जाने टोलीले हिउ खेलेर रमाईलो गरेका थिए । देउडा गजल बाचन भोटेसेलो घोडचढी र स्कटिङ लगायतका कार्यक्रम गरेको बताएको छ । सुदुर साहित्यक पतिश्ठान बाजुरा प्रेम दिवसको अबसर पारी सोही दिन पोरखे गजल बाचन कार्यक्रमको समेत गरेको पतिष्ठानका सचिव कृष्ण ओलीले बताए ।

चर्चामा

सम्बन्धित समाचार