बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • देश/प्रदेश
  • १८ किलो सुनसहित १ जना समातिए

१८ किलो सुनसहित १ जना समातिए

  • बिहिबार, फाल्गुन २, २०७५
१८ किलो सुनसहित १ जना समातिए

कैलाली, २ फागुन

कन्चनपुरको पुनर्वास क्षेत्रबाट प्रहरीले बिहीबार १८ किलो अवैध सुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र कन्चनपुरको संयुक्त टोलीसँगै अपराध अनुसन्धान महाशाखा काठमाडौं र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले भारतीय सीमावर्ती क्षेत्र पुनर्वासबाट सो परिमाणको सुन बरामद गरेको हो ।   सुनसँगै १ जनालाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी आभूषण तिमिल्सिनाले जानकारी दिए । प्रहरीले पक्राउ परेकाहरुको नाम भने खुलाएको छैन । सुन र पक्राउ परेका व्यक्तिलाई कैलाली ल्याउन लागिएको एसपी तिमिल्सिनाले बताए ।

चर्चामा

सम्बन्धित समाचार