शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • कैलाली प्रहरीद्धारा अदालत परिसरबाट भागेका अभियुक्त पक्राउ

कैलाली प्रहरीद्धारा अदालत परिसरबाट भागेका अभियुक्त पक्राउ

  • बुधबार, फाल्गुन १, २०७५
कैलाली प्रहरीद्धारा अदालत परिसरबाट भागेका अभियुक्त पक्राउ
 फाल्गुन १, कैलाली

कैलाली प्रहरीले मंगलबार जिल्ला अदालत परिसरबाट फरार भएका अभियुक्तलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। जवरजस्ती करणी मुद्दाका अभियुक्त कैलालीको लम्कीका २३ वर्षीय दिल्प परियारलाई प्रहरीले गोली प्रहार गरी धनगढी उपमहानगरपालिकाको वेलाबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक हरि बहादुर ओलीले वेलाको जंगलमा लुकेर बसेका परियारले भाग्न खोजेपछि गोली चलाईएको बताए। प्रहरीको गोली लागेर घाईते भएका परियारको बाँया खुट्टामा चोट लागेको छ।

उनको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ। जवरजस्ती करणी मुद्दाका अभियुक्त परियारलाई कैलाली प्रहरीले म्याद थपका लागि मंगलबार जिल्ला अदालत लगेका बेला उनी हत्तकडी सहित अदालत परिसरबाट फरार भएका थिए। प्रहरीले मंगलबारबाट नै उनको खोजी गरिरहेको  थियो।

दिनेश खबर बाट साभार

चर्चामा

सम्बन्धित समाचार