बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • वडाअध्यक्षले माफी मागे

वडाअध्यक्षले माफी मागे

  • बुधबार, फाल्गुन १, २०७५
वडाअध्यक्षले माफी मागे

बडिमालिका खबर
फाल्गुण १
हिमाली गाउँपालिका वडा नं. ७ का वडाअध्यक्ष जया बहादुर अधिकारीले माफि मागेका छन् । वडा अध्यक्ष जय बहादुर अधिकारीको हस्ताक्षर गरिएको सिफारीसमा बौलाहा श्रीमती भन्ने शब्द लेखेको पाईएपछी उनका नाममा मुद्धा दर्ता भएको थियो ।
जिल्ला समन्वय समिति संयोजक नरेन्द्र कुमार रोकायाको समन्वयमा अध्यक्षले माफि मागेर जिल्ला प्रहरी कार्यलय बाजुरामा दर्ता भएको मुद्धा फिर्ता भएको दलित अधिकारकर्मी गोरख सार्कीले वताए । नेकपाका नेता भरत थापा, नेपालि कागे्रस पाटि सभापति कबिराज पण्डित, गैर सरकारी महासंघका केन्द्रिय सदस्य काशि बिक, पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंह, सचिब प्रेम बिक सहितको सहभागिता रहेको थियो । वडा अध्यक्ष अधिकारीले आफुले अन्जानमा लेखेको आफ्नो गल्ति भएको स्वीकार समेत गरेका छन् । आगामि दिनमा पनि यस्तो कार्य नगर्ने वताए ।
सिफारीसमा बौलाहा श्रीमती भन्ने शब्द लेखेको शब्द प्रति दलित अधिकारकर्मी गोरख सार्कीले प्रहरी कहाँ निवेदन दिएका थिए । वडा अध्यक्ष र गोरख सार्की बिच पनि मिलापत्र गरिएको जिल्ला समन्वय समिति संयोजक नरेन्द्र रोकायाले वताएका छन् । हिमाली गाउँपालिका वडा न ७ वडा कार्यालयको च.नं. १ सय ३९ को सिफारीसमा बौलाहा श्रीमतीले लालपुर्जा च्याती जलाइदिए पछि प्रतिलिपी पाउ भनि जिल्ला मालपोत कार्यालय बाजुरालाई सिफारीस गरेको थियो । सरकारी लेटरप्याडको नै लाजमर्दो र दलित नै भनी हेपेर लेखेको सिफारीस गर्ने वडा अध्यक्षलाई कार्बाही गरिहोस भनी दलित अधिकारकर्मी गोरख सार्कीले मुद्धा दर्ता गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार