शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • डीपीएल तेस्रो संस्करणको विजेताले ३० लाख पाउने

डीपीएल तेस्रो संस्करणको विजेताले ३० लाख पाउने

  • बुधबार, माघ २३, २०७५
डीपीएल तेस्रो संस्करणको विजेताले ३० लाख पाउने

कैलाली, माघ २३ । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणको विजेता टोलीले ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ । प्रतियोगिताको आयोजक धनगढी क्रिकेट एकेडेमीले आज धनगढीको फाप्ला क्रिकेट मैदानमा पत्रकार सम्मेलन गरी पुरस्कारको राशी खुलाएको हो ।
मोफसलको प्रतियोगितामा यो पुरस्कार राशी अहिलेसम्मको सबैभन्दा बढी हो । यसअघि, डीपीएल दोस्रो संस्करणको विजेतालाई २५ लाख प्रदान गरिएको थियो । यस वर्षको डीपीएल टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको पुरस्कारमा ६० लाख खर्च गर्न लागेको एकेडेमीका अध्यक्ष सुबास शाहीले जानकारी दिए ।
प्रतियोगिताको उपविजेता टिमलाई यसवर्ष १२ लाख पुरस्कार दिइने छ । यसैगरी, तेस्रो हुने टिमलाई ४ लाख र चौथो स्थान प्राप्त गर्ने टिमलाई पनि २ लाख पुरस्कार प्रदान गर्ने अध्यक्ष शाहीले जानकारी दिए ।
प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल खेलाडीलाई सुनको जुत्ता, हरेक खेलका म्यान अफ द म्याचलाई नगद १५ हजार र हरेक खेलको पहिलो छक्का समात्ने दर्शकलाई पनि नगद १० हजार पुरस्कार प्रदान गर्ने जनाइएको छ ।
प्रतियोगिताको अनुमानित लागत पाँच करोड रहेको छ । आउँदो माघ २६ गतेबाट धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।
मैदान तथा प्राविधिक व्यवस्थापनको काम सकिए पनि सजावटको काम भने बाँकी रहेको छ । उक्त मैदानमा पहिलो पटक ५ वटा पिच निर्माण गरिएको छ । यसैगरी, पाँच हजार दर्शक क्षमताको अस्थायी प्याराफिट समेत निर्माण गरिएको छ । धनगढी प्रिमियर लिगमा ६ वटा टिमले सहभागिता जनाउँदै छन् ।

चर्चामा

सम्बन्धित समाचार