• होमपेज
  • कर्णाली प्रदेश
  • प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

  • शनिबार, साउन ९, २०८३
सेयर गर्नुहोस् :
प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । नेकपा एमालेले ३ र नेकपाले २ प्रदेशको नेतृत्व गर्नेगरी सहमति भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार लिखित सहमति भएको हो ।

सहमति अनुसार, कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व नेकपा एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्नेछ ।  यद्यपि गण्डकी र मधेश प्रदेशको भने टुंगो लागेको छैन । लिखित सहमति अनुसार, ती प्रदेशहरूमा प्रदेशसभा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागीताको स्वरुप तयार गरिनेछ । नेकपा एमालेले ३ र नेकपाले २ प्रदेशको नेतृत्व गर्नेगरी सहमति भएको छ ।

चर्चामा

सम्बन्धित समाचार