बिहिबार, कार्तिक २९, २०८१
  • होमपेज
  • राजनीति
  • काठमाडौँमा एमालेले जागरणसभा गर्ने

काठमाडौँमा एमालेले जागरणसभा गर्ने

  • शनिबार, कार्तिक २४, २०८१
काठमाडौँमा एमालेले जागरणसभा गर्ने

काठमाडौँ— नेकपा एमालेले काठमाडौँमा जागरण सभा गर्ने भएको छ । शनिवार बसेको एमाले सचिवालय बैठकले आउँदो मङ्सिर ७ गते काठमाडौँमा पार्टीको जागरण सभा गर्न लागेकोले सो कार्यक्रममा सहभागिता जुटाउन पार्टीका विभिन्न कमिटीलाई परिचालन गर्ने गरेको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा काठमाडौँमा गर्ने जागरण सभालाई सफल पार्न पार्टीका सबै जनवर्गीय सङ्गठनहरू, सम्पर्क कमिटीहरूलाई सहयोग गर्न आह्वान गर्ने निर्णय गरेको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

त्यस्तै सचिवालय बैठकले नेता लिल्लाबल्लभ अधिकारीलाई सबै जिम्मेवारीबाट हटाउने कोशी प्रदेश कमिटीको निर्णय अनुमोदन गरेको छ ।जापानमा मानव तस्करीमा संलग्नताको आरोप लागेपछि घिमिरेले मन्त्री र पार्टीको जिम्मेवारीबाट राजीनामा गरिसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार